• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपामय बन्यो मुखीयापट्टी मुसरहनीया जयकुमारको नेतृत्वमा हजारौ नेता कार्यकर्ता जसपा प्रवेश


जसपामय बन्यो मुखीयापट्टी मुसरहनीया जयकुमारको नेतृत्वमा हजारौ नेता कार्यकर्ता जसपा प्रवेश

जनकपुरधाम , माघ २ । नेपालकै सबैभन्दा होचो पालिका मुखियापट्टी मुसहरनीया जसपामय बनेको छ ।
जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति धनुषाले आज मुखियापट्टीको बैरिया बजारमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रेसको प्रभावशाली युवा नेता जयकुमार यादवको नेतृत्वमा काँग्रेस र नेकपा एमालेका हजारौ नेता कार्यकर्ता जसपा प्रवेश गरे पछि मुखियापट्टी मुसहरनीया जसपामय बनेको छ ।
जयकुमार यादवको नेतृत्वमा मुखियापट्टी मुसरहनीयाका विभिन्न वडाहरुबाट जसपा प्रवेश गरेका नेता कार्याकर्तालाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरुले गम्छा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा जसपा अध्यक्ष यादवले सदियौ देखी विभेदमा रहदै आएको मधेशी जनजाति, मुस्लिम महिला लगायतलाई हक अधिकारबाट अव कसैले बंचित गर्न नसक्ने बताउनु भयो ।
अध्यक्ष यादवले मुलुकमा भएका ठुल ठुला आन्दोलनहरुले शासक मात्र परिवर्तन गर्दै आए पनि मधेश विद्रोहले शासन व्यवस्थानै परिवर्तन गरेको उल्लेख गर्दै शोषित उत्पिडित समुदाय अब अधिकार सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य एवं संघीय सरकारका भौतिक पूर्वाधार एवं यातायात मन्त्री रेणुकुमारी यादवले वर्षो देखी विभेदमा रहेको मधेशीहरु मधेश विद्रोहको कारण आज सम्मान पूर्वक जीवन यापन गर्न थालेको बताउनु भयो ।
मधेश आन्दोलनकै कारण शोषित वर्गहरु आज आरक्षण पाएको उल्लेख गर्नु हुँदै नेतृ यादवले मुखियापट्टी मुसरहनीयाका जनताहरुले जसपा प्रति देखाएको आशा विश्वास लाई आफुहरु सदैव सम्मान गर्ने बताउनु भयो ।
नेतृ यादवले मधेशका हजारौ नागरिक अझै नागरिकता विहिन रहेको बताउनु हुँदै मधेशीहरु बाट डराएका शासकहरु उनिहरुलाई नागरिकता बाट बंचित बनाइ रहेको उल्लेख गर्नु भयो । उहाँले नागरिकता विहीनहरुको लागी अझै संघर्ष गर्नु पर्ने बताउनु भयो ।
गणतन्त्रका लागि ज्यानको आहुति दिने शहिद दुर्गा नन्द झाको चर्चा गर्दै नेतृ यादवले दुर्गा नन्द झा मधेशी भएकै कारण फासिमा झुण्डिनु परेको बताउनुभ यो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र जसपा मात्र रहेको दावी गर्नु भयो ।
उहाँले मधेश आन्दोलनको जगमा बनेको जनता समाजवादी पार्टीको सरकार मधेश आन्दोलनको म्याण्डेट अनुसार अघि बढेको बताउनु हुँदै प्रदेश सरकारले शोषित पीडित वर्गको लागी काम गरि रहेको बताउनु भयो ।
जनसंख्याको अनुपातमा आरक्षण गर्दै प्रदेश सरकारले सबै समुदायको हक अधिकार सुनिश्चित गर्न क्रमबद्ध रुपमा अघि बढि रहेको बताउनु भयो ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य अमरेश नारायण झा, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह ,केन्द्रिय निर्वाचन समिति सदस्य एवं युवा नेता जीतेन्द्र कुमार यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पार्टी प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सभापति रविन्द्र प्रसाद यादव छोटे , शशिचन्द्र यादव,, वडा नं. ५का काँग्रेस वडा सभापति राम एकवाल यादवm वडा अध्यक्षका प्रत्याशी कैलाश यादव, वडा नं. ६का प्रत्याशी विनोद यादव, एमालेका राम धनि यादव, निर्वाचित वडा सदस्य राम नन्दन महतो सहितका रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२ माघ २०७८, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२ माघ २०७८, आईतवार
Next Post
प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ भन्दा बढीले पारित

प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ भन्दा बढीले पारित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh