Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

एकैसौ सताब्दीमा महोत्तरीको सकरी गाँउ संचार बिहीन मोबाईल टावर न हुँदा मानिसहरु समस्यामा

प्रतिक्षा खबर
२०७८ कार्तिक २५, बिहीबार २०:१९

गाेपाल झा
महोत्तरी, कात्तीक, २५
महोत्तरीको मनरा सिस्वा नगरपालीकामा मोवाईलको टावर न हुँदा स्थानियहरु बर्षौदेखी संचारबिहिन रहेका छन् । बदलीदो समय अनुसार संसारका बिभिन्न देशका मानिस चन्द्रमामा घर बनाई त्याहाँ बस्ने सोच लिएर अगाडि बढिरहेको बेला महोत्तरीको मनरासिस्वा नगरपालीकाका वडा नं. १० मधवा , मरुवाही र सकरी गाँउका करीब सात हजार बासिन्दा अहिलेपनी संचार क्षेत्रबाट टाढा नै रहेका छन् ।
सिंंङ्गो बिस्वनै कम्युनिकेशन नेटवर्क (communication network )मा जुडीएको बेला यस गाँउका बासिन्दा संचारको नेटवर्क क्षेत्र भन्दा बाहिर हुनु आफैमा नराम्रो लागिरहेको हुन्छ होला,।
एकाइशौ शताब्ब्दीमा जिबनको एउटा अंग नै बनिसकेको संचारको माध्यम मोबाइलको टावर समेत नहुनु आफू धेरै पछि परेको महसुस भइ रहेको हुन्छ होला।
एनटीसी/ एनसेल लगायत बिभिन्न नेटवर्क कम्पनीको मोबाइल टावर यस गाँउमा नहुदा मोबाइल प्रयोग कर्ता तथा सेवागाह्रीहरु मर्कामा परेको छन।
नेटवर्क र टावर बिहिन गाउँ रहेको महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालीकाको वार्ड न १० मधवा , मरुवाही र सकरी गाँउका करीब सात हजार नागरीकहरु इन्टरनेट चलाउन त के मोबाइलबाट कुरा गर्नको लागि पनि टावर टिप्नलाई अग्लो ठाँउ खोज्दै हिड्छन् । गाउँमा कुनै समस्या हुँदा पनि फोन गर्ने हुदा टावर नभएका कारण कहीँ पनि सम्पर्क न हुने समस्या खेप्नु परेको स्थानीयको दुःखेसो छ ।
नेपालमा विभिन्न कम्पनीहरुले ई. सं. २०१८ को अन्तसम्म ठाउँ- ठाउँमा टावर बनाई नेटवर्कलाई सबै ठाँउमा पुर्याउने लक्ष्य राखेको थियो तर यी गाउँ यहिले पनी संचार क्षेत्रबाट टाढा रहेको छ ।
यस वडाका बासिन्दाहरुले खेत-खलिहानमा गएर, कुनै माथिल्लो स्थानमा हातलाइ माथी उचाली मोबाइल बाट कुरा गर्न बाध्य छन,। यहाँका सेवाग्राह्रीहरु लाई इन्टरनेट सेवाका लागि अर्को गाउ वा कुनै शहरमा गएर मोबाइल चलाउन बाध्यता रहेको छ ।
सम्बन्धित मोबाईल कम्पनीहरु समेत यस्तो गम्भीर सम्स्या प्रती मौन देखिएको छ भने स्थानिय सरकारको पनी यस सम्बन्धमा कुनै चाँसो न रहेको भन्दै , मोबाइल टावर नहुदा हामी यस संसारमा नभइ अर्को ग्रहमा बसेको अनुभव भइरहेको कुरा स्थानिय प्रमोद मmाले आफ्नो पीडा ब्यक्त गरेका हुन् । महोत्तरी जिल्लामा लगभग सम्पुणर् ठाउमा टावर जडान भइसकेको छ ,मात्र मनरा सिस्वाको वडा नं. १० सकरी , मरुवाही र मधबा गाँउ नेटवर्क क्षेत्र भन्दा बाहिर रहेको कुरा एनसेलमा काम गर्ने एक कर्मचारी ले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर