महोत्तरी गाउँपालिकाकाे मडैमा सुतिरहेकी महिलाको हथौडा प्रहार गरी हत्य
महोत्तरीमा सुतिरहेकी महिलाको हथौडा प्रहार गरी हत्या भएको छ।
महोत्तरी गाउँपालिका वडा नं. ३ मडै बस्ने लालकिशोर झाकी पत्नी ४२ वर्षीया शिला देवी झाको बुधबार राति हत्या भएको हो।
राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गर्दा उनको घटानास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
उनका अनुसार मृत अवस्थामा शिलाको शव फेला परेको हो। हत्या गर्नेको खोजविन भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।










































































































