• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै महोत्तरीको सम्सी नाका


लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै महोत्तरीको सम्सी नाका

रञ्जन भण्डारी
महोत्तरी, जेठ २७ गते ।

महोत्तरीको सम्सी नाका लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ ।
सम्सी नाकामा तस्करी नियन्त्रणकै लागि शसस्त्र प्रहरीको बिओपी र प्रहरीको सीमा प्रहरीचौकीमार्फत निरन्तर मालसामानका साथै लागुऔषध र लागुऔषध कारोबारीहरूसमेत पक्राउ पर्दै आएका छन् । तर, निरन्तरको प्रयासका बाबजुद सीमाबाट लागुऔषधको कारोबार अझै घट्न सकेको छैन ।
मंगलबार बिहान मात्रै बिओपी सम्सीले स्कुटरमा सवार दुईजनालाई चेकजाच गर्दा १६ बोतल लागुऔषधको रूपमा प्रयोग हुने एक्सिप्लोन कफ सिरप र डाइलेक्स डिसी कफसिरपसहित नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले पक्राउ गरेका बर्दिवास २ निवासी सुवास दमाईं र बर्दिवास १४ बस्ने सन्तोष कोइरी महतोलाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएको छ ।
चालू आर्थिक वर्षमा बिओपी सम्सीले मात्र चार सय ४७ बोतल लागुऔषधको रुपमा नेपालमा प्रयोग हुँदै आएको कफसिरप र ६८८ पिस नाइट्राभेट लगायतका ट्याबलेटसहित १२ जनालाई पक्राउ गरिसकेको छ भने उनीहरू सवार एक बोलेरो, पाँच मोटरसाइकल र एक स्कुटरसमेत नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।
भारतमा सहजै उपलब्ध हुने र प्रतिबन्धसमेत नरहेको यस्ता औषधिहरू नेपाली युवा जमातले लागुऔषधको रूपमा सेवन गर्ने गरेकाले समेत यसकाे डिमान्ड अत्यधिक रहेको र डिमान्ड नै पूर्ति गर्न लागुऔषध कारोबारसमेत फस्टाएको हो ।
महेन्द्र राजमार्ग र बिपी राजमार्गको मिलनबिन्दु बर्दिवासबाट लक्ष्मीनियाँ सम्सी पुग्ने सरल बाटोको रूपमा रहेको हुलाकी राजमार्गको लक्ष्मीनियाँ सम्सी खण्ड यस्तो कारोबारका लागि अत्यधिक प्रयोग हुँदै आएको छ ।
१५ देखि २५ वर्षका युवाहरू अत्यधिक लागुऔषध तस्करी र कारोबारमा प्रयोग हुँदै आएको र युजरसमेत बढी यसै उमेर समूहको रहेको बताउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति एसपी सुरेश सापकोटाले खुला सीमाकै कारण तस्करी नियन्त्रणमा समस्या आउने गरेको बताउँछन् ।
विभिन्न बहानामा भारतीय सीमामा पस्ने र उतैबाट शरीरकै विभिन्न भागमा र सवारीसाधनहरूमा समेत सामान्य चेकजाँचमा फेला नपर्ने गरी लुकाएर लागुऔषध ल्याउने गरेको उनी बताउँछन् । चेकजाँचकै क्रममा विभिन्न सरकारी तथा अन्य नक्कली आइडी कार्डसमेत प्रयोग गरेर सुरक्षाकर्मीलाई झुक्याउन खोज्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांकअनुसार गत साउन १ गतेदेखि हालसम्म दुई सय २७ किलो गाँजा, ११ ग्राम ८८० मिलिग्राम खैरो हेरोइन,नाइट्राभेट ट्याबलेट ६ हजार नौ सय ४५ पिस,एक्सिप्लोन लेखेको सय एमएलको सिरप पाँच सय ९९ बोतल,कोडेन फोसफेट एन्ड क्लोरफेनिरमाइन लेखेको सिरप ८९ बोतल, स्पास्मो प्रोक्सिभोन प्लस क्याप्सुल नौ सय ५१ पिस,नाइट्रोसन ट्याबलेट ९१ पिस, स्पास पोक्रनप्लस क्यापसुल ९६ पिस, डाइजेल्याब ३१४ पिस,फेनेग्रान एम्पुल एक सय ४७ पिस, नुफिन एम्पुल एक सय ४० पिस, डाइजेपाम एम्पुल ११ पिस, ड्रोक्लोराइड इन्जेक्सन दुई सय पिस,डाइलेक्स डिसी ४५ पिस नियन्त्रणमा लिइसकिएको छ ।
उक्त लागुऔषधसहित ७३ मुद्दा दर्ता भई एक सय एकजना पक्राउ परेका छन् । सभार अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२७ जेष्ठ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२७ जेष्ठ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२७ जेष्ठ २०७८, बिहीबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२७ जेष्ठ २०७८, बिहीबार
Next Post
रातो पासपोर्ट बेचेर मानव तस्करीमा मुद्धा चलिरहेका नारदमुनि ओलीको सरकारमा वनमन्त्री

रातो पासपोर्ट बेचेर मानव तस्करीमा मुद्धा चलिरहेका नारदमुनि ओलीको सरकारमा वनमन्त्री

मर्चवार सामुदायिक बिकास केन्द्रका युवाले राहत बितरणलाई निरन्तरता दिदै

मर्चवार सामुदायिक बिकास केन्द्रका युवाले राहत बितरणलाई निरन्तरता दिदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh