प्रतिक्षाखबर
रामगाेपालपुर, जेठ १९गते
जनता समाजवादी पार्टीकाे मधेश प्रदेश समितिले महाेतरीकाे विभिन्न स्थानमा पुतला दहन कार्यक्रम गरेका छन ।मधेश प्रदेश समितिले पुर्व घाेषित कार्यक्रमअनुसार प्रदेश २लगायत महाेतरीकाे विभिन्न स्थानिय तहमा प्रधान मन्त्री केपि शर्मा र राष्ट्रपति विद्या देवी भण्डारीकाे पुतला दहन गरि विराेध जनाएका छन । महाेतरीकाे सम्सि गाउँपालिकामा जनता समाजवादी पार्टीको एकल नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शर्माकाे असंमबैधानिक कदमकाे बिराेधमा मशाल जुलुस निकालि बिराेध जनाएका छन । प्रदेश २काे विभिन्न स्थानिय तहमा नेपाली कांग्रेस,ने क पा माअाेवादी केन्द्र ,ने क पा एमाले माधव समूह र जनता समाजवादी पार्टीले संयुक्तरुपमा बिराेध जनाएका छन भन्ने महाेतरीमा जनता समाजवादी पार्टीको एकल बिराेध प्रदर्शन रहेकाे केन्द्रय संघिय परिसदकाे युवा नेता दिपक झा गुडुले जनाएका छन ।सम्सि गाउँपालिकामा गाउँपालिका संयाेजक कैलाश यादवकाे नेतृत्वमा मशाल जुलुस निकालि प्रदर्शन गरेका छन ।गाउँपालिकाकाे गेट अगाडीबाट निस्केका मशाल जुलुस सम्सि बजारकाे विभिन्न भागमा मशाल जुलुस निकालि स्मारक चाैकमा काेणसभामा परिणत गरेका थिए ।
जसपा प्रदेश २ समितिका पदाधिकारी तथा आठवटै जिल्लाका अध्यक्षहरुको सोमबारको भर्चुअल बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियाे ।
बैठक पश्चात आठवटै जिल्ला अध्यक्षहरुलाई सोमबार नै आन्दोलनका लागि पत्राचार गरिएको थियाे ।
जेठ १८ गते मंगलबार साँझ ५ बजे सबै पालिका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम, बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको जनाएको थियाे ।
यस्तै आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला अध्यक्षहरुलाई पत्र मार्फत निर्देशन दिइए अनुसार सबै ठाउँमा मिलेर संयुक्त रुपमा मशाल जुलुस निकालेका थिए भन्ने नेता दिपक झा गुडुले जनाएका छन । सम्सि गाउँपालिका संयाेजक कैलाश यादवकाे नेतृत्वमा निस्केकाे मशाल जुलुसमा केन्द्रय संघिय परिषद दिपक झा गुडु,जिल्ला सदस्य राम नाथ यादव,बलिराम यादव,वडा नम्बर ६का वडा संयाेजक शेख तमने ,वडा नम्बर ७का वडा अध्यक्ष मदन यादव लगायत स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।









































































































