• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बौधिमाई नगरबासीको लागि करोडौको प्रसुती गृह भवन उद्धघाटन


बौधिमाई नगरबासीको लागि करोडौको प्रसुती गृह भवन उद्धघाटन

अभिमनु कुमार पटेल, रौतहट,
बौधिमाई नगरपालिकामा दक्षक स्वास्थ्यकर्मचारी सहित आधुनिक सेवासुविधा सम्पन्न दुई प्रस्सुती गृह भवन एक कार्यक्रम बिच उद्धघाटन गरिएको छ ।
रौतहट जिल्लाको क्षेत्र नं २ प्रदेशसभा (ख) अन्तर्गत पर्ने बौधिमाई नगरपालिकाका वडा नं ४ ईनरवारी र वडा नं ६ पिपरिया टोलमा एकै दिनमा छुटाछुटै कार्यक्रम गरी जनताहरुले बर्षौ देखि भोगिरहेको स्वास्थ्य समस्यालाई सधैको लागि नगर स्तरीय विकास योजना मातहत प्रस्सुती गृह निर्माण गराई सो दुखबाट उन्मुक्ति गराउदै उद्धघाटन गरिएको हो ।
प्रस्सुती गृह भवन उद्धघाटन कार्यक्रममा सोही क्षेत्रका प्रदेशसभा सदस्य माननीय रामकिशोर यादव उर्फ किशोरी यादवको प्रमुख आतिथ्य, विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामअशिष राय यादव, बौधिमाई नगरपालिकाका मेयर राजीव रंजन यादव उर्फ राजु यादव, गौर जिल्ला अस्पतालका मेसु कृष्णा साहको संयुक्त रुपमा ५ शैया बेडको प्रसुती गृह ईनरवारी र पिपरिया गाउँमा विभिन्न पुजा अर्चना गरी उद्धघाटन गरिएको छ ।
समाजमा सबैको सधै काम लाग्ने अस्पताल रहेको हुनाले ईनवारी मठको महन्त श्री सिताराम बैरागीले आफनो मठको जग्गा १८ कठ्ठा भन्दा बढी निःशुल्क उपलब्ध गराएका छन
प्रदेशसभा सदस्य रामकिशोर यादवले सम्बोधन गर्दै मानव जीवनको लागि महत्वपूर्ण मानिने स्वास्थ हुन जसको राम्रोसँग ख्याल गर्न सकेन भने धेरै प्रकारका रोगबाट ग्रसित भई ज्यान गुमाउनु परिरहेको छ । गाउँ घरमा व्यवस्थित अस्पताल वा दक्षक शिक्षित स्वास्थ्यकर्मी नभएको कारणले बच्चा जन्माउने क्रममा सामान्य दर्द पीडाले ज्यान समेत जान्छ त्यसैले अब आज देखि घरमा जन्म दिने कार्यलाई सबै जनमानसन एकजुट भई रोक लगाउनुपर्छ भने प्रस्सुती गृहमा जानको नितिम सल्लाह सुझाव समेत दिनुपर्छ । कृषि गर्नका लागि जसरी किसान चाहिन्छ त्यस्तै मानिसको शरिरको हेरचाह गर्ने प्रत्येक गाउँ ठाउँमा स्वास्थ्यकर्मी सहितको अस्पताल हुन एकमै अतिआवश्यक रहेको बताए ।
नगरभित्रको गर्भवती महिलाहरुलाई अब देखि लामो दूरी वा अन्य ठाउँमा जान्न नपर्ने यहाँहरुको लागि आफुले नगर, आफनो र प्रदेश सरकारबाट जुनसुकै कार्य गरी समग्र विकासको निमित बजेट ल्याउन तत्पर सधै तयार रही रहने बताए । उहाँ हाम्रो समाजको गर्भवती महिला लगायत अरु महिलाहरुको सेवामा खटिने स्वास्थ्यकर्मीलाई सरकारबाट पाउने सबै सेवासुविधा उपलब्ध गराई रहने प्रतिबद्धता जनाए ।
प्रथम पल्ट देशमा संघीयता सहितको पहिचानबादी निर्वाचन २०७४ सालमा नजिकदै गरेको क्रममा महाविनाशकारी बाढीले रौतहट लगायत पुरै मधेश नै क्षतिग्रस्त भएको थियो । सोही वेला हामै हालको छिमेकी परोहा नगरपालिकाको वडा नं ४ लौकाहा टोल निवासी एक गर्भवती महिलाको बच्चा जन्माउन दिने समय पुरा भएकोले यहाँ राम्रो व्यवस्थित अस्पताल नरहेको हुनाले सदरमुकाम गौर लगिरहेकै क्रममा राजपुर दमार चौक नजिक बाढीको पानीले एम्बुलेन्स भित्र रहेको लगभग ५ भन्दा बढी एउटै परिवारको व्यक्तिहरुलाई बगाएकोले ज्यान गुमाउने परेको थियो । जसमा प्रस्सुती गराउन गएकी गर्भवती महिला घटना स्थलमै मृत्युु भएको हुदा बौधिमाई नगरपालिकाका मेयरले त्यस्तो अप्रिय घटना आफनो नगरभित्र हुन नदिने प्रस्सुती गृहको व्यवस्थापन कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रण गरेको थियो भने आजको दिनमा उदघाटन समेत भयो ।
त्यस्तै जिल्लाकै सबभन्दा कान्छो बौधिमाई नगरपालिकाका युवा मेयर राजीव रंजन उर्फ राजु यादवले चुनावी दौडमा जनतासँग भोट माग्ने वेला नगर स्तरीय १५ शैयाको आधुनिक प्राविधि, एमबीबीएस र एमडी दक्षक डाक्टर सहितको अस्पताल निर्माण गराई सेवा समेत सुचारु गराउने प्रतिबद्धता गरेको थिए । आफु निर्वाचित हुने लग्तै संघीय सरकारको तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय उपेन्द्र यादवसँग पहल गरी लाग्ने सबै कागजातहरु सम्बन्धित निकायमा बुझाएको केही दिनमै उहाकै पाल्लामा १५ सैया बेडको अस्पताल यहाँको लागि नाम छनौट भएको थियो । अहिले केन्द्रमा सरकारले मन्त्रालय हेरफेर गरेको कारण देशभरीमा एक सय चार नयाँ अस्पतालको लागि बजेट र सुकृति दियो तर यस नगरपालिकाको नाम आएन तरपनि आफै पटक पटक स्वास्थ्य मन्त्रालयमा गएर सचिव, उपसचिव र सहसचिवसँग भेटघाट गरी जसरी भएपनि अस्पताल दिनैपर्छ भन्दा भन्दै यसपालि दशै तिहारको बिचमा रकम निकासा गर्छु भने प्रतिबद्धता दिएको मेयर यादवले जनाएका छन ।
तत्कालीन गाउँ विकास समिति हुदा ९ वटा वडा थियो तर सबै ठाउँमा राम्रो व्यवस्थित स्वास्थ चौकी थिएन तर नगर बनेको केही दिन भित्रमै प्रत्येक वडामा स्वास्थ चौकीको निर्माण गराई तालिम प्राप्त सबै खाले सामाग्री उपलब्ध सहित स्वास्थ्यकर्मी समेतको दर्बन्दी गरी व्यवस्थित रुपमा संचालन भएको छ । एकतर्फी विकास निर्माण कार्य गर्नु मात्रै विकास हो भनेर हुँदैन शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, कृषि, बिधुत, भौतिक संरचना, नाला र ढल निकास आदि विकास कार्य नै चौतर्फी विकास हो भने मैले आफनो कर्तव्य बुझे । जनताले जुन विश्वासको साथ आफुलाई आफनो अमुल्य मत दिएको छ त्यसको मसधै कदर गरी अगाडी बढेको मेयर यादवले बताए ।
जिल्ला समन्व्य समिति रौतहटका उपसभापति रामअशिष यादवले ईनरवारीमा ईतिहासीक कार्य प्रस्सुती गृहको उद्घाटन गरिएको छ । समाज निर्माणमा सडक, नाला निर्माण कार्य भन्दा ठूलो प्रस्सुती गृहको आवश्यकता पर्दछ । यस गृहमा सामान्य डिलिभरी देखि लिएर ठूलो अप्रेशन गर्नु पर्नेमा प्रसुती गृहमा आएपछी थाहा थप सहयोग पुग्ने उदेश्यले आज उद्घाटन गरिएको छ । नगरको जनताले आफुलाई स्वास्थ्य परामर्श तथा सामान्य उपचार गराउन शहर जानुपर्ने बाध्यताबाट छुटकारा पाएका यादवले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

२५ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२५ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२५ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२५ आश्विन २०७७, आईतवार
Next Post
२४ घन्टामा थप १४ संक्रमितको मृत्यू

२४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh