एमाले सचिवालय बैठक : सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठा, ज्ञानेन्द्रको अभिव्यक्ति प्रति आपत्ति


whatsapp sharing button

काठमाडौं, बैशाख १ । नेकपा एमालेको सचिवालय बैठक सम्पन्न नभएको छ । मुलुकको समसामयिक राजनीतिमा केन्द्रित बैठकले माओवादी अध्यक्ष प्रचण्डको सरकार परिवर्तन सम्बन्धि अभिव्यक्ति कुंठा मात्र रहेको भन्दै सरकार परिवर्तन सम्भावनालाई खारेज गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले हिजो चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको निचोड निकालेको उपमहासचिव प्रदिप ज्ञवालीले बताएकाछन ।



 

बैठकपछि उपमहासचिव ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’

त्यस्तै बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति समेत आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ । उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा आएको जागरणको रुपमा व्यक्त गर्न खोजिएको भन्दै’, आपत्ति जनाए ।

उनले भने, ‘हिजो मात्रै सन्देश बाहिर आएको छ, त्यो अभिव्यक्ति हेर्दा उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौं ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post