• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अख्तियारको नजर मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमाथि, उपभोक्ता समितिको कागजात माग


bhautik_madheshpradesh_madheshtoday

जनकपुरधाम, चैत १४ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सबै पूर्वाधार विकास कार्यालयसित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले योजना, उपभोक्ता लगायतका कागजातहरु उपलब्ध गराउन पत्राचार गरेको छ ।

अख्तियारले पठाएको पत्रमा विनियोजित बजेटको रातो किताबको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षमा उपभोक्ता समितिबाट सञ्चालित योजनाहरुको सूचीको प्रमाणित प्रतिलिपी र सो योजनाहरुको हालको कार्यान्वयनको अवस्था, बहुवर्षीय तथा सालबेसाली योजनाहरुको सूचीको प्रमाणित प्रतिलिपी र सो योजनाहरुको हालको अवस्था, (बजेट, म्याद थप भएरनभएको, भएको भए सो कागजात, योजना सम्पन्न गर्न कार्यालयबाट भएका प्रयासहरु समेत) लगायतका कागजातहरु माग गरिएको छ ।

त्यसैगरि मुख्यमन्त्री कार्यालयबाट योजना सञ्चालन भइ हाल योजना हस्तान्तरण भइ आएका योजनाहरु, सो हस्तान्तरण गर्ने विभिन्न निर्णयहरु लगायतको कागजातहरु, हाल उक्त अधुरो योजनाहरु सम्पन्न गराउन भएका प्रयासहरु (बजेट माग समेत) र बहुवर्षीय योजनाको सम्बन्धमा अदालतबाट भएका फैसलाहरुको प्रतिलिपि समेत अख्तियारले माग गरेको छ । अख्तियारको मधेश प्रदेश कार्यालय बर्दिवासले चैत १० गते आइतबार सबै पूर्वाधार विकास कार्यालयहरुलाई पत्राचार गरी विस्तृत विवरण माग गरेको छ ।

मुख्यमन्त्रीको सचिवालयलगायत सबै मन्त्रालयले १० प्रतिशत कमिसन लिइ उपभोक्ता समिति मार्फत निर्माण कार्य गर्न उद्यत रहेको व्यहोराको उजुरी सम्बन्धमा के कसो भएको हो रु माग बमोजिमको कागजातहरु बढीमा १० दिन भित्र उपलब्ध गराइदिन अख्तियारले भनेको छ । अख्तियारले नीति आयोगको दफा १४७ मा प्रदेश सरकार अन्तर्गतका निकायहरुले कार्यान्वयन गर्ने विकास निर्माणका कार्यहरु खुल्ला एवं प्रतिष्पर्धी विधि अनुसार गरिने छ भनि उल्लेख भएको साथै प्रदेश सरकारको अर्थ मन्त्रालयले २०८१/०८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सम्बन्धमा २०८१/०४/०२ मा प्रकाशित सूचनाको दफा १४ मा सार्वजनिक निर्माणका कार्यहरु गर्दा गराउँदा खुल्ला प्रतिस्पर्धी खरिद विधि अनुसार गर्न गराउन र भदौँ महिना भित्र खरिद योजना स्वीकृत गरी असोज महिना भित्र बोलपत्र आह्वान गर्ने गरी प्राथमिकता दिनु हुने भने उल्लेख भएको तर्फ पूर्वाधार विकास कार्यालय प्रमुखहरुलाई प्रष्ट राय दिन भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि कार्यालय प्रमुखहरुले कागजात मिलाउन जुटेका छन् । तर भौतिक पुर्वाधार विकास कार्यालयहरुको योजनाको कार्यादेश भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले आफ्नो कब्जामा लिएर दलाल मार्फत बिक्री गरिरहेकै आरोप लगाइएको छ ।

पूर्वाधार विकास कार्यालयहरुबाट कार्यादेश मन्त्री यादवले नियन्त्रणमा लिएर दलाल मार्फत सोझै योजनाहरु बिक्री गरिरहेकाले वडा कार्यालयहरुमा उपभोक्ता समिति गठन गर्न समेत विवाद बढेको बताइन्छ । योजना बिक्रीलाई नियन्त्रण गर्न मधेश प्रदेशका विपक्षी दलहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेपछि मुख्यमन्त्री सतीश कुमार सिंहसित मिलेमतो गरी सभामुख रामचन्द्र मण्डलले अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगन गरेको आरोप छ ।

सभामुख मण्डलले सो बैठक सूचना जारी गरी स्थगन गरेका छन् । मधेश प्रदेशमा १० प्रतिशत अग्रीम रकम लिई दलालहरु मार्फत योजनाहरु धमाधम बिक्री भइरहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री यादवले अन्य सभासद, मन्त्री र कार्यकर्ताहरुले राखेका योजनाहरु समेत बेचेको आरोप लागेको छ । एमालेकै वडाध्यक्ष र नेताहरुले आफ्नो योजना बिक्री गरेको आरोप लगाउदै मन्त्री यादवलाई हटाउनुपर्ने पार्टीका नेताहरुसित माग गर्न थालेका छन् । योजना खरिद गरी उपभोक्ता समिति गठन गर्न जाने क्रममा वडाध्यक्षहरुले थप रकम माग गरेको ठेकेदारहरुको गुनासो छ । वडाअध्यक्षहरुले पूर्वाधार कार्यालयले सोझै वडामा योजनाको विवरण सहित उपभोक्ता समिति गठनका लागि पत्राचार गर्नुपर्ने माग गर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुखले आफूहरुसित कुनै योजना नै नरहेको र सबै मन्त्रीजीले लगेको खुल्लेआम बताउने गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१३ चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१३ चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१३ चैत्र २०८१, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१३ चैत्र २०८१, बिहीबार
Next Post

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

सडक विस्तारको विरोधमा मुख्य व्यापारिक क्षेत्र बन्द


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh