• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेशसभा अनिश्चितकालका लागि स्थगित


madhesh-chhalfal_madheshtoday

जनकपुरधाम, चैत १२ । मधेश प्रदेशसभाको अवरोध हटाउने सम्बन्धमा बसेको बैठक निष्कर्ष विहीन भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सत्तापक्ष र विपक्षी दलहरुबीच कुरा नमिलेपछि मंगलबार ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले आफुहरुले जुन जुन कुराका लागि प्रदेशसभा बैठक अवरोध गरेको त्यो विषय छलफलमा प्रवेश गरेपनि निष्कर्षमा नपुगेको बताए ।

उनले प्राविधिक कुराहरुमा निष्पक्षता हुनुपर्ने भन्दै मूल अनियमितताको कुरा रहेकोमा यसमा विपक्षका सांसदले मात्र नभई सत्तापक्ष र कांग्रेसले विज्ञप्ती जारी नै गरेर अनियमितताको कुरामा आफुहरु संलग्न नरहेको भनिसकेकाले यो विषयमा न्यायपूर्ण छानबिन हुनुपर्ने बताए । उनले न्यायपूर्ण छानबिनका लागि छानबिन समितिको माग गरेकोमा उनीहरुले एकदिनको समय मागेको र सोही अनुसार आज बसेपनि सहमति नजुटेको बताए ।

यस्तै, बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले संसदमा रहेको अवरोध हटाउन बोलाइएको छलफल सकारात्मक नै रहेको बताए ।

उनले बैठकले निष्कर्ष निकाल्न नसकेपछि आज बोलाइएको बैठक अर्को सूचना जारि नभएसम्मको लागि स्थगित भएको बताए । उनले संसदमा विपक्षी दलका सांसदहरुले सशर्त अनुदान, मुख्यमन्त्रीको कुटनितिक मर्यादा विपरितको विषय उठाएकोमा पहिला त्यसमा सम्बन्धीत मन्त्रीहरुले जवाफ दिएपछि मात्र छानबिन समिति गठन गर्नुपर्ने आफुहरुको धारणा रहेको बताए ।

मुख्यमन्त्री सतिश कुमार सिंहले विपक्षीहरुले लगाएको आरोप सम्बन्धमा संसदमा पहिला बोल्न दिनुपर्ने र त्यसपछि सन्तुष्ट नभएपछि वृहत छानबिन समिति गठन गरिने आफुहरुको धारणा रहेको उनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

११ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

११ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

११ चैत्र २०८१, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

११ चैत्र २०८१, मंगलवार
Next Post

बोराभित्र शव फेला

ठूला दल राजा ल्याउने षड्यन्त्र गर्दै : सिके राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh