• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवप्रति गुनासाे


अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवप्रति यस्ता छन् गुनासा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठनात्मक क्षेत्रमा सामूहिक नेतृत्व प्रणालीलाई प्रणालीको रूपमा नभइ स्वेच्छिक रूपमा प्रयोग गर्ने अवस्थाका कारण पार्टी विभाजन भएको बताएका छन् ।

जसपा नेपालबाट विभाजन भइ बनेको जसपाको पहिलो केन्द्रीय समितिको बैठकमा अध्यक्ष राईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै जसपा नेपालमा आत्मकेन्द्रित स्वेच्छाचारी प्रवृत्ति व्याप्त रहेको टिप्पणी गरेका छन् ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘मन लागेमा प्रणाली प्रक्रियाको कुरा गर्ने, मन नलागे आफू खुसी गर्ने । पार्टीको मुख्य नेतृत्व नै प्रदेश र स्थानीय तहका जिम्मेवारहरूको कार्यक्षेत्र समेत मिचेर उनीहरूको जानकारी बेगर वडा तहसम्म पुगेर सबै संगठन आफ्नै मुट्ठीभित्र राख्ने अभ्यासमा व्यस्त रह्यो ।

पार्टीभित्रका अन्तरविरोधहरूको समाधान गर्ने होइन, आफूलाई अनुकूल हुने पक्षलाई उचालेर झन् चर्काउने र गुटको आधार सिर्जना गर्ने कार्य जसपा नेपालको नेतृत्वबाट भएको उल्लेख गर्दै अध्यक्ष राईले नेतृत्व आफैँ खुला वा छद्म रूपमा झगडाको कारक बन्ने र पार्टीलाई अन्तरविरोधहरूको गुजुल्टो बनाउने अवस्थामा पु-याएको आरोप लगाएका छन् ।

एउटा नेताविरुद्ध अर्को नेतालाई प्रयोग गर्ने काम जसपा नेपालमा भएको बताउँदै उनले कसैलाई विश्वास नगर्ने र आफू पनि विश्वास गर्न लायक काम नगर्ने परिपाटी देखिएको उल्लेख गरेका छन् । अपारदर्शी, रहस्यमय कार्यशैलीको कारण कसैसँग खुला दिलले खुलस्त व्यवहार नगर्नेजस्ता कार्य नेतृत्व (उपेन्द्र यादव)बाट भएको उनको जिकिर छ ।

अध्यक्ष राईले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘आज एउटालाई विश्वास पात्र र नजिक बनायो, केही काम गरायो, अनि के कुरामा मानभाउ पुग्दैन, त्यसलाई आलोचना सुझाव सहयोग केही नगरी एकैचोटी जिम्मेवारीविहीन बनाउने । पार्टीलाई र आन्दोलनलाई फाइदा नोक्सान के छ ? कुनै सोचाई नराख्ने, केवल व्यक्तिगत रूपमा मन पर्यो, परेन भन्ने आधारमा व्यवहार गर्ने । कुनै प्रक्रियाको पालना गर्नु नपर्ने । उस्तै परे वैकल्पिक व्यक्ति खडा गरेर विरोधमा उफार्ने । यस्तो काम गराईले पार्टीका नेता कार्यकर्ताहरूको मनोविज्ञान थिलथिलो भएर क्रियाशिलतामा शिथिलता छाउने अवस्था रह्यो ।

काममा सक्रियता र परिणाममा सफलताका आधारमा होइन, आफूले जे भन्यो, त्यो मान्छे मान्दैन भन्ने आधारमा व्यक्तिको मूल्याङ्कन गर्नाले कार्यक्षेत्र र जनताको बिचमा काम गर्नेभन्दा नेताको वरिपरि घुम्ने प्रवृत्तिले प्रोत्साहन भएको दाबी गर्दै उनले नेतृत्वभित्र वैचारिक कामलाई महत्त्व नदिने अर्को गम्भीर प्रवृत्ति व्याप्त रहेको टिप्पणी गरे ।

पार्टीको निर्णय इच्छा विपरीत भए त्यसलाई कार्यान्वयन नगर्ने, झुठो बोल्ने, ढाँट्ने, समस्या पर्दा रुने, खुट्टा समाउने अनुकूल भएपछि थिचोमिचो गर्ने विचित्रको नाटकीय कार्यशैलीले गर्दा नेतृत्वको ओज र विश्वसनीयता धराशायी भएर गएको उल्लेख गर्दै अध्यक्ष राईले इर्ष्यावस कसैको प्रगति देख्न नसक्ने, खुट्टा तान्ने, नेता कार्यकर्ताहरूको असल कामको प्रशंसा गर्न पनि नेतृत्व पंक्तिबाट कन्जुस्याइँ भएको बताएका छन् ।

उनले कुनै पदमा जीवनभर रहने होइन, काममा प्रतिस्पर्धाबाट योग्य र नयाँनयाँ प्रतिभाहरू नेतृत्वमा पुग्न सक्ने प्रणाली भएको पार्टी बनाउनुपर्ने कुरामा पनि जोड दिएका छन्

पार्टी विभाजन हुँदा पनी पापी गएका हुन् पार्टी फुटेको होइन’ भनेर आत्मारति गर्ने अवस्था देखिएको उनको भनाइ छ । ‘पार्टीमा प्रत्येक नेता कार्यकर्ताको आफ्नै महत्त्व हुन्छ । हरेकको आफ्नो क्षमता, प्रभाव र योगदान पनि रहेकै हुन्छ,’ प्रतिवेदनमा उनले भनेका छन्, ‘तसर्थ कसैलाई पनि गए जाऊ भनेर अपमान गर्नु र धकेल्नु हुँदैन ।’

अध्यक्ष राईले निर्वाचनमा उम्मेदवार बनाएका आफ्नै नेताहरूलाई हराउने वा आफनो जितलाई सुनिश्चित गराउने नाममा अर्को नेताको विरुद्ध पार्टी निर्णय विपरीत प्रतिस्पर्धी पार्टीका उम्मेदवारसँग साँठगाँठ गर्नेजस्ता कार्य पनि जसपा नेपालको नेतृत्वबाट भएको आरोप लगाए ।

आफ्नो हारको घटनासँग जोडेर आफ्नै पार्टीका नेतालाई ‘पैसा खाएर चुनाव हरायो’ भनेर आरोप लगाउने तर दोषीलाई कारबाही गर्न नसक्ने गैरजिम्मेवार प्रवृत्ति देखाएको पनि उनले गुनासो गरे ।

नेता कार्यकर्ताहरूसँग बेला बखत अशिष्ट र अभद्र व्यवहार गर्ने गरेको गुनासो गर्दै अध्यक्ष राईले समस्या लिएर गएका कार्यकर्तालाई त्योभन्दा ठुलो समस्यामा आफू फसिरहेको भनेर निरुत्साहित गर्ने कार्यसमेत भएको उल्लेख गरेका छन् ।

जायज विषयमा विरोध, आलोचना गर्ने नेता कार्यकर्ताहरू कुन बेलामा बदलाको सिकार बन्ने हो भन्ने त्रासमा रहनु पर्ने गरी जगजगीको वातावरण व्याप्त भएकाले विरोध, आलोचना गर्न डराउनु पर्ने अवस्था जसपा नेपालमा रहेको उल्लेख गर्दै उनले निर्णायक बेलामा नेतृत्वले प्रस्ट दृष्टिकोण र दृढ अडान राख्नुपर्ने धारणा राखे ।

उनले भने, ‘ढुलमुले नीति र व्यवहार देखाउनु, अप्ठ्यारो काम अरुलाई जिम्मा दिनु, कार्य सम्पादन भएपछि प्रशंसा गर्ने होइन, त्रुटि र खोट केलाउने र साथीहरूलाई निरुत्साहित गराउने काम पनि देखापरिरहने घटनाक्रम थियो ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय

१३ असार २०८१, बुधबार
अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस
अन्तर्राष्ट्रिय

अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस

१३ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय

जनकपुरधामको गंगासागरमा अतिक्रमण हटाउन चल्यो डोजर

१३ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया

१३ असार २०८१, बुधबार
Next Post
‍औरही नगरपालिकामा कोदालाे प्रहार गरी भाउजुको गरे हत्या

‍औरही नगरपालिकामा कोदालाे प्रहार गरी भाउजुको गरे हत्या

एसईई नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा आज प्रकाशन हुँदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh