• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रवि लामिछानेलाई अनुसन्धान बाहिर राख्नेगरी छानबिन समिति बन्न नसक्ने कांग्रेसको अडान


रवि लामिछानेलाई अनुसन्धान बाहिर राख्नेगरी छानबिन समिति बन्न नसक्ने कांग्रेसको अडान

२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिनका क्रममा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नहुने गरी संसदीय छानबिन समिति गठन हुन नसक्ने अडान राखेको छ । गृहमन्त्री लामिछानेलाई समेत छानबिन गर्ने गरी छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग छ ।
गृहमन्त्री लामिछानेमाथि अनुसन्धान नहुने शर्तसहितको छानबिन समिति बनाउने पक्षमा सत्ता गठबन्धन भए त्यसलाई अस्वीकार गर्ने कांग्रेसले जनाएको छ । अनुसन्धानको क्रममा छानबिन गर्ने निकायसँग सम्बन्धित गृहमन्त्री नै संलग्न भएको विषयलाई नजरअन्दाज गरेर छानबिन समिति गठनको औचित्य नहुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
‘गृहमन्त्री छानबिन नगर्ने हो भने अनुसन्धानलाई ठिक ठाउँमा पुर्‍याउँदैन ।
प्रमुख प्रतिपक्ष दलसमेत रहेको कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले संसदमा उक्त विषय निरन्तर उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् ।
गत शनिबार बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संकटमा रहेका सहकारीको समग्रतामा छानबिन समिति बनाउन सकिने संकेत गरेका हुन् । संसदीय दलको बैठकअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई भेटेका थिए ।
व्यक्ति तोकेर नभई समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिने प्रचण्डले संसदीय दलमा बताएका थिए । गृहमन्त्री पनि छानबिन समितिका लागि तयार भएको जानकारी प्रचण्डले माओवादी केन्द्रका सांसदहरुलाई गराएका थिए । छानबिन समिति गठनका लागि गठबन्धनमा सल्लाह गरेर सर्वदलीय बैठक बोलाउने प्रचण्डले बताएका थिए ।
संकटग्रस्त सहकारीको समग्रतामा समाधान खोज्न रास्वपा पनि तयार देखिएको छ । व्यक्ति केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको रास्वपा महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी गराए ।
सहकारी प्रकरणमा गृहमन्त्री जोडिएको विषय कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेपछि ६ चैतमा प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिएका थिए ।
प्रधानमन्त्रीको जवाफबाट कांग्रेस सन्तुष्ट हुन सकेन । उक्त मुद्धालाई संसदमा निरन्तर उठाइराख्यो । गृहमन्त्री लामिछानेले संसदमा आफूले जवाफ दिन माग गरेपनि उनलाई सुन्न कांग्रेस तयार भएको थिएन ।
रास्वपा सरकारमा सहभागी भएपछि कांग्रेसले यो विषय उठाएको भन्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई ‘क्लिन चिट’ दिएका थिए ।
गृहमन्त्री लामिछाने माथि उठाएको प्रश्न नै नाजायज रहेको प्रचण्डको दाबी थियो । लामिछानेको बचाउनमा उत्रर्दै कांग्रेसलाई प्रधानमन्त्रीको ६ चैतमा संसदमा भने, ‘मुद्दा बुझाइसक्दासम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन ।’
प्रधानमन्त्रीको जवाफबाट असन्तुष्ट कांग्रेसले गृहमन्त्रीलाई संसदमा सुन्न अस्वीकार गरिरह्यो । प्रधानमन्त्रीको कुरा सुनिसकेकाले गृहमन्त्रीको जवाफको अर्थ नहुने कांग्रेसको निचोड छ ।
कांग्रेसलाई सहमतिमा ल्याएर सदन खुलाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले प्रयास गरे पनि कांग्रेसले विफल बनाइदियो ।
संसदीय छानबिन समितिको अडानबाट कांग्रेस टसमस भएको अवस्थामै ३ वैशाखमा सरकारले संसद बैठक अन्त्य गरिदियो । सरकारले हठात् संसद बैठक अन्त्य गरेको कांग्रेस सांसद रामहरि खतिवडा बताउँछन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२४ बैशाख २०८१, सोमबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२४ बैशाख २०८१, सोमबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२४ बैशाख २०८१, सोमबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२४ बैशाख २०८१, सोमबार
Next Post
जसपा फुट्यो की फुटाइयो

जसपा फुट्यो की फुटाइयो

अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

नवगठित जनता समाजवादी पार्टीका जनप्रतिनिधिको सनाखत सुरु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh