धर्वेन्द्र कुमार यादव(यदुवंशी)
महाेतरीकाे रामगोपालपुर नगरपालिकामा रहेकाे इलाका कार्यालयकाे प्रहरीले बिहीबार १०० लिटर अबैद्य मदिरा र ५ धुर जग्गामा लुकाई लगाएको गाजा नष्ट गरेका छन् ।
रामगोपालपुर नगरपालिकामा रहेकाे वडाहरुबाट विभिन्न समयमा बरामद गरेको अबैद्य मदिराहरु बुधबार नष्ट पारिएको हो । ईलाका प्रहरी कार्यालय रामगोपालपुर प्रहरी नीरिक्षक इन्द्रदेव सिंह को नेतृत्वमा खटिएका प्रहरी टोलीले नगरपालिकाको रामगोपालपुर, बिसम्वरपुर, गोटबनौंलि लगायतका विभिन्न ठाउँमा चेकजाँच गर्दा उक्त मदिरा बरामद गरिएको थियो ।
बरामद गरिएको उक्त परिमाणको अबैद्य मदिरा तथा रामगोपालपुर नगरपालिका ५स्थित लुकाई लगाएका ५धुर जाग्गा स्थानीय युवा, बुभिजीवी, पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।
घरेलु मदिरा सेवनले केहि महिना अगाडि महोत्तरी जिल्लाको भंगहा नगरपालिका ७ को एकै टोलका ७ जनाको मृत्यू भएको तथा घरेलु मदिरा सेवनकै कारण अन्य ठाउँमा समेत कैयौँ जनाको ज्यान गएको थियो ।








































































































