• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वंशवाद र नश्लवाद समाजवादको यात्रामा बाधक : महासचिव शर्मा


वंशवाद र नश्लवाद समाजवादको यात्रामा बाधक : महासचिव शर्मा

जसपा नेपाल महोत्तरीको जिल्ला अधिवेशनपछि नव–निर्वाचित कार्यसमितिको सपथ ग्रहण सम्पन्न

गोपाल झा

महोत्तरी — बैसाख ९ गते

जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले वंशवाद र नश्लवाद समाजवादको यात्रामा प्रमुख बाधकका रूपमा देखिएको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न शक्तिहरू मिलेर हमला गर्न खोजिरहेको आरोप समेत लगाएका छन् ।

जसपा नेपाल महोत्तरीका नव–निर्वाचित कार्यसमितिको सपथ तथा पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथि तथा वक्ताका रूपमा बोल्दै महासचिव शर्माले राजतन्त्रको वकालत गर्ने वंशवादी समूह र केन्द्रिकृत शासन प्रणालीको पक्षमा उभिने नश्लवादी प्रवृत्तिहरूको आलोचना गरेका हुनर । “दुबै प्रकारका अतिवादीहरूले मुलुकमा टाउको उठाउन थालेका छन्,” शर्माले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको मूल जिम्मेवारी अहिले जसपाको काँधमा छ ।

उनले नव–निर्वाचित नेतृत्वलाई बधाई दिँदै कार्यसमितिमाथि अवसर र चुनौती दुवै रहेको उल्लेख गरे । “यो नेतृत्वले संगठन सुदृढ गर्नुका साथै समाजवादी मूल्य र सिद्धान्तलाई व्यवहारमा उतार्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ,” भन्नेमा उनले जोड दिएका छन् ।

बैशाख ३ गतेबाट सुरु भएको जिल्ला अधिवेशन सहमतिमा निष्कर्ष ननिस्केपछि बैशाख ५ गते मतदान सम्पन्न भएको थियो । निर्वाचनबाट राम नरेश राय अध्यक्षमा निर्वाचित भए भने अन्य पदाधिकारीहरूमा उपाध्यक्ष रामेश्वर राय यादव र शिवचन्द्र साह, सचिव महेश कुमार यादव, उपसचिव प्रकाश साह र खुसी पटेल, तथा कोषाध्यक्षमा सखिचन्द्र यादव विजयी भएका छन् ।

सपथ समारोहमा निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ गराएको थियो । सपथपछि निवर्तमान जिल्ला अध्यक्ष राम प्रकाश यादवले अध्यक्ष रायलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरे ।

जिल्ला कार्यसमितिका ५० सदस्यका लागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सबै निर्विरोध निर्वाचित भएका छन । निर्विरोध हुने सदस्यहरुमा नवल महतो (सोनमा गाउँपलिका), दिपेन्द्र ठाकुर (मनराशिसवा नगरपालिका), राजेशकुमार राय (मनरा सिसवा), रुपनारायण भगत (मनराशिसवा), सुरेश यादव (एकडारा), सुरेशकुमार यादव (रामगोपालपुर, मुद्दीन कवाडी (मनराशिसवा, दरवेश राय यादव (एकडारा) गणेश यादव (जलेश्वर) राम विचारी राय (जलेश्वर) रहेका छन् ।

त्यस्तै कौशलकिशोर झा (महोत्तरी), सरोज अधिकारी (भंगहा), नागेन्द्रकुमार यादव (महोत्तरी), अमोदकुमार यादव (महोत्तरी), संजयकुमार यादव (महोत्तरी), बलराम यादव (सम्सी), राजदेव यादव (सम्सी), भूनेश्वर कापड (जलेश्वर, अरुण ठाकुर (पिपरा र रामकेवल राय यादव (गौशाला) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै मुकेशकुमार यादव (रामगोपालपुर, किशुनदेव यादव (बलवा, रामनन्दन यादव (जलेश्वर, अजयकुमार यादव (औरही, विमलेन्द्रकुमार सिंह (जलेश्वर, कलामुद्दीन मोमिन (सम्सी, कुलदीप दास कथबनिया (एकडारा) ललितकुमार झा (पिपरा) निलम शर्मा (जलेश्वर) र सफिना खातुन (बलवा) निर्विरोध भएका छन् ।

त्यस्तै अजिमा खातुन (सम्सी), फतमा खातुन (औरही), जुमनी देवी ठाकुर (सम्सी), उर्मिला देवी यादव (रामगोपालपुर, पूनमदेवी यादव (रामगोपालपुर, श्यामकला देवी चमार (सोनमा), लिलम देवी (पिपरा), फुलोदेवी शर्मा (रामगोपालपुर, फेकनी देवी महरा (मटिहानी र अनिताकुमारी (सम्सी) निर्विरोध भएका छन् ।

यस्तै सरोज देवी झा (महोत्तरी), गुड्डी राय (जलेश्वर, सुदामा देवी (जलेश्वर, गुड्डु दास (एकडारा) मो. मनिर अहमद (लोहारपट्टि) र मो. एलुन नदाफ (रामगोपालपुर) निर्विरोध भएका छन् । निर्विरोध सदस्यहरूमा महिला, मुस्लिम, दलित र मधेसी समुदायको सहभागिता सन्तुलित देखिएको छ ।

जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष तथा केन्द्रिय सदस्य नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी समिति सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव केन्द्रीय सदस्य दिपक झा गुडु लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

नेताहरूले नव–निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संघीयता, समावेशिता र समानताको मार्गमा संगठनलाई अघि बढाउन आग्रह गरे । उनीहरूले पार्टी कार्यकर्तालाई सम्भावित राजनीतिक सङ्कटप्रति सतर्क रहन र एकताबद्ध भएर पार्टीको नीति र सिद्धान्तको रक्षा गर्न आह्वान गरेकाहुन् ।

जसपा नेपाल महोत्तरीको नयाँ नेतृत्वले अब संगठन सुदृढीकरण, कार्यकर्ता विस्तार, र संघीय संरचनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेछ । महासचिव शर्माले उठाएका विषयले वर्तमान राजनीतिक परिवेशमा जसपाको नीति स्पष्ट रूपमा प्रस्तुत गरेको देखिन्छ । समाजवादको यात्रामा अवरोध खडा गर्ने प्रवृत्तिविरुद्ध पार्टी सचेत र एकजुट भएर अघि बढ्ने संकेत दिइएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

९ बैशाख २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

९ बैशाख २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

९ बैशाख २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

९ बैशाख २०८२, मंगलवार
Next Post

बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु 

जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh