• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गाैशाला नगरपालिकाकाे फरार अभियुक्त सतेन्द्र परे पक्राउ


गाैशाला नगरपालिकाकाे फरार अभियुक्त सतेन्द्र परे पक्राउ

प्रतिक्षाखबर
रामगाेपालपुर, असोज ८ गते
महोत्तरीमा हातहतियार तथा डकैती मुद्दाका फरार एक अभियुक्तलाई क्रिकेट खेल्दा खेल्दै पक्राउ गरेको छ । अभियुक्तको विभिन्न किसिमको तीन घटनामा संलग्नता रहेको पाइएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–६ बस्ने ३० वर्षीय मुन्ना, छोडका र बण्ठा उपनामबाट समेत चिनिने सतेन्द्रकुमार यादव रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित मरहाखोला किनारमा क्रिकेट खेल्दै गरेको समयमा उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादव महोत्तरी र सर्लाही जिल्लाका बिभिन्न घट्नामा संलग्न रही फरार रहेका थिए । यादवलाई जिल्ला प्रहरी कायालय महोत्तरीमा राखिएको र उनलाई पीसीआर टेस्ट गराई जिल्ला अदालतमा पेश गर्ने तयारी थालिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
पक्राउ परेका यादवविरुद्व मुख्य तीन अभियोग रहेको छ । प्रहरीका अनुसार बलवा नगरपालिका–३ परौलस्थानस्थित जय बाबा कारिक मनी ट्रान्सफरमा लुटपाट गर्ने योजना यादवले बनाएका थिए ।
योजना अनुरुप गाउँकै राकेश यादवलाई लिएर २०७६ साल मंसिर २३ गते त्यसतर्फ जाँदै गर्दा औरही नगरपालिका–३ श्रीपुरस्थित जंघा खोलाको बगरबाट ४ राउण्ड गोली लोड गरिएको नलकटुवा पेस्तोल १ थानसहित राकेश यादव पक्राउ परेका थिए भने सतेन्द्र फरार भएका थिए । प्रहरीले पछि उनीविरुद्व हातहतियार खरखजाना तथा डाँका उद्योग मुद्दा चलाएको थियो ।
यस्तै, महोत्तरीकै मनरासिस्वा नगरपालिका–२ भोलही चोकस्थित रामसेवक यादवको घरमा २०७५ साल पुस २३ गते राति १ बजे १५–१६ जनाको हतियारधारी डाँकाहरुको समूहले गोली फायर गरी बम बिष्फोट गराई नगद र सुनका गहना लुटेका थिए । उक्त घट्नामा पनि संलग्न सतेन्द्रविरुद्व डाँका तथा संगठित अपराध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर साह नेपाल इन्भेष्टमेन्ट बैंकबाट नगद ९ लाख ९० हजार झिकेर ना.५५प ९५९३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा २०७५ मंसीर २० गते इश्वरपुर १३ बाट सतेन्द्र, गंगाधर साह समेतले पेस्तोल देखाएर लुटपाट गरेको एसपी प्रसाईंले बताउनुभयो । उक्त घट्नामा प्रहरीले डाँका तथा संगठित अपराध मुद्दा दर्ता गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

८ आश्विन २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

८ आश्विन २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

८ आश्विन २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

८ आश्विन २०७७, बिहीबार
Next Post
लागुऔषधसहित एकजना पक्राउ

लागुऔषधसहित एकजना पक्राउ

भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा

देशका अधिकांश ठाउँमा भारी वर्षा हुँदै, भोलीबाट मौसममा सुधार हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh