• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संविधान दिवसकाे अवसरमा आज प्रदेश २ का कैदीलाई जेलमुक्त गरिदैँ


संविधान दिवसकाे अवसरमा आज प्रदेश २ का कैदीलाई जेलमुक्त गरिदैँ

प्रतिक्षा खबर

रामगाेपालपुर, असोज ३ गते

संविधान दिवसको अवसरमा सरकारले आज २ सय ८९ जना कैदीलाई सजाय छुट दिँदै जेलमुक्त गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिमा कैदीलाई सजाय माफि गरेर छाड्न लागिएको हो।
५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका र गम्भीर प्रकृतिको अपराधमा नपरेका कैदीलाई विभिन्न अवसरमा सजाय छुट दिएर छाड्न व्यवस्थाअनुसार जेलमुक्त गरिन लागिएको छ ।
यसरी छुट्ने कैदीमा सबैभन्दा धेरै वागमती प्रदेशका र कम कर्णाली प्रदेशका रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रदेश १ का ६८ जना, प्रदेश २ का ३७ जना, वागमती प्रदेशका ८२ जना र गण्डकी प्रदेशका २३ जना कैदीलाई छाडिने भएको हो।
त्यसैगरी, प्रदेश ५ का ५२, कर्णालीका १३ र सूदुरपश्चिम प्रदेशका १४ जना कैदीलाई छाडिने भएको छ।
बिदा भएपनि उनीहरुलाई शनिबार नै छाडिने कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए।
कारागार व्यवस्थापन विभागले करिब ३ सय जना कैदी छाड्न सूची सरकारलाई बुझाएको भएपनि केही कैदीले भने सजाय छुट नपाउने भएका हुन्।
खासगरी ज्येष्ठ नागरिकको विषयमा कानुन बाझिँदा छाड्न नमिलेको हो।
फौजदारी कानुनअनुसार जबरजस्तिकरणीको मुद्दामा सजाय तोकिएका कैदीलाई सजाय छुट गर्न मिल्दैन। तर ज्येष्ठ नागरिक ऐनमा ६५ वर्ष माथिकाले कैद छुट पाउने व्यवस्था छ।
यो ऐनअनुसार ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले २५ प्रतिशत, ७० वर्ष पुगेकाले ५० प्रतिशत र ७५ वर्षमाथिकाले ७५ प्रतिशतसम्म कैद छुट पाउने व्यवस्था छ।
तर जबरजस्तिकरणी गम्भीर अपराध भएकाले सो मुद्दामा जेल सजाय तोकिएकालाई भने ज्येष्ठ नागरिक ऐनअनुसार कैद छुट नगर्ने निर्णय भएको हो।
गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसका अवसरमा सजाय माफी गरेर कैदीलाई जेलमुुक्त गरिँदै आएको छ।
यसअघि गणतन्त्र दिवसमा २ सय ३३ कैदी छुटेका थिए।
देशभरका कारागारमा १४ हजार २७ कैदी छन् । यीमध्ये करिव ७० प्रतिशत खराब सूचीका कैदी रहेको विभागले जनाएको छ।
यस्तै १० हजार १ सय ३६ थुनुुवा छन्। उनीहरूलाई पुर्पक्षका लागि थुनामा राखिएकाले छाड्न मिल्दैन। कर्तव्य ज्यान, जबरजस्तिकरणी, भ्रष्टाचार, लागुऔषध, मानव बेचविखन, बन्यजन्तु तस्करी लगायतका मुद्दालाई नकारात्मक सूचीमा राखिएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

३ आश्विन २०७७, शनिबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

३ आश्विन २०७७, शनिबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

३ आश्विन २०७७, शनिबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

३ आश्विन २०७७, शनिबार
Next Post
रामगाेपालपुर नगरपालिकामा संविधानको विरोधमा प्रदर्शन

रामगाेपालपुर नगरपालिकामा संविधानको विरोधमा प्रदर्शन

कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यु

२४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण थपियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh