जनकपुरधाम, असोज ३ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ अग्निकुण्डमा दुई घरमा चोरी भएको छ । राति दुई बजेको समयमा घरका सवै जना सुतिरहेको बेलामा दुई जनाको समूहमा आएका चोरले सोही वडाका विनोद झाको घरमा प्रवेश गरेर सून चाँदीको गरगहना, नगद, दुई थान मोवाईल, ई रिक्साको ब्लुबुक तथा केही नयाँ साडीहरु चोरी गरि लगेका छन् ।
लक डाउन खुलेको भोलिपल्ट नै भएको सो चोरीमो चिनेजाने तथा बुझेका व्यक्तिको रहेका हुन सक्ने आशंका गरिईएको छ । साथै झाका छिमेकी रामभजन दासको घरका पूजारीका आमाको चाँदीको पायल, मोवाईल सहितका सामानहरु सोही चोरले चोरी गरि लगेका छन् । जनकपुरधामको बाल्मिकी प्रहरी चौकीका प्रहरी राति नै पुगेपनि चोर फरार भएका थिए ।
चोर नजदिककै व्यक्ति भएको आशंका गर्दै प्रहरीले अनुसन्धान बढाएको छ । यसमा संलग्नलाई नछोडिने धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनु भयो । सामान्य परिवारका झाले डेढ वर्ष अगाडी छोरीको विवाह गरेकामा नीजका गरगहना तथा नयाँ साडीहरु लगेका छन् । बाल्मिकी प्रहरी चौकीका ईन्चार्ज विहान आफै पुगेर चोरकिो विवरण संकलन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !