“ नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो ” हाम्रो देश नेपाल को आफ्नै बृहत्त मौलिक इतिहास छ| हामी हाम्रो इतिहास मा गौरव गर्छौं | नेपाल सानो देश होइन यो त्यस्तो देश हो जहाँ हेलेन केलेन जस्ता विद्वानले हलो चलाउँछन् भने हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा ले भनेका हुन् | हामीसँग प्रशस्त प्राकृतिक स्रोत का साथै कुल जनसङ्ख्याको सत्री प्रतिशत युवावर्ग छन् तर बिडम्बना बर्सेनि कति डिब्बा मा बन्द भएर खाडी मुलुकबाट आउने गरेका छन् | अहिलेको यस विषम परिस्थिति Covid -19 ले सिर्जना गरेको जगजाहेर छ साथै यस्तै अवस्थामा कहिल्यै भुकम्प आएर कहिले बाढी पहिरो कहिले अनावृष्टि त् कहिले अतिवृष्टि ले गर्दा हाम्रो गरिबीको घाउ मा नुन छर्किने काम गर्दछ | भनिन्छ सकिन्छ भने वातावरण परिवर्तन गर सकिँदैन भने आफैमा परिवर्तन गर |
हामी सबै विकास चाहन्छौं अहिलेको युगमा त् अझ दिगो विकास चाहन्छौं तर गर्ने कसरी ? सल्लाह दिनमा हामी पछाडि पर्दैनन् तर कार्यान्वयनको सुरुवात कसरी गर्ने कार्य योजनासहित खाका दिँदैनौ , दिँदा पनि कार्यान्वयन हुँदैन | तैपनि हामी आफ्नो कर्तव्यमा अघि बढ्नुपर्छ | अब कुरा गरौं विकास गर्ने कसरी ? समृद्धि ल्याउने कसरी? कहाँ पाइन्छ ? कहाँबाट किन्ने ? के गर्दा पाइन्छ ? कोसँग हुन्छ ?
विकासको लागि हामीसँग नभएको कुराको पछि लाग्ने होइन हामीभित्र रहेको गुणलाई बाहिर ल्याउनुपर्छ र भएको सम्पति लाई सदुपयोग गर्नुपर्छ अर्थात बढीभन्दा बढी उपयोग गर्नुपर्छ | नेपालको संविधान २०७२ अनुसार तीन तहको सरकार मध्ये सबभन्दा नजिक रहेर जनताको सेवा दिने सरकार स्थानीय तहको सरकार हो | नेपाल कृषिप्रधान देश हो जसको अहिले पनि करिब ७० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर छन् | तर कृषिमा आधुनिकता हुन न सकेकोले दिनभरि बिहान-बेलुका घाम पसिना मेघ गर्जन पानी आँधीबेहरी तुफान सँग लड्दै जुध्दैं एक दिन होइन वर्षे भरी काममा लगि रहन्छन्, हुन त किसानलाई सहयोग गर्ने तिनै सरकार सङ्घ, प्रदेश र स्थानीय आफ्नो बजेट मार्फत नयाँ कार्यक्रम आयोजना नल्याएका भन्ने पनि होइन तर पनि हामीले समय समयमा किसानले आत्महत्या गरेको सुन्न छोडेका छैनौं |
म सम्झिन्छु बि.सं. 2058/60 तिरको कुरा त्यति बेला हाम्रो कृषि जन्य उत्पादन भारतमा गएर बिक्री गर्थ्यो , त्यहाँको भारतीय रुपैयाँ हामी लिएर आउँथ्यो यथार्थ समानको निर्यात गर्थ्यौं भने पैसाको आयात गर्थ्यौ तर अहिले हामी खाली हात भारत जान्छौं | बोरा र थैली पनि बट्टा काटेको नेपाली पैसाले किनेर बोरा भरि समान एस एस बि को गाली र मुक्का खाएर पनि आयात गर्छौं |भर्खर एकदिन प्याज मात्र आयात नुहुँदा प्याजको मूल्यमा 70 प्रतिशतले वृद्धि भएको हामीले भोगेकै छौँ |अब किसान परम्परा वादी खेती गरेर पहिलेको युगमा जस्तै बाँच्न गाहो भयो, यसको समस्याको समाधान तिर लाग्नु पहिलो कर्तव्य हुनेछ जसको उदाहरण म एउटा सानो संक्षिप्त योजना बाट दिन चाहन्छु | किसान नगदे खेती गर्न खोज्छन् तर बजार छैन उन्नत जातको बीउ छैन | बजारको ग्यारेन्टी स्थानीय सरकारले गर्दिनु पर्यो ग्यारेन्टी भएपछि ढुक्क भएर किसानहरुले खेती गर्छन् | उधारो र कुहिने डर बाट किसानहरुलाई मुक्तिदाता स्थानीय सरकार हुनुपर्यो | अब धेरै नभनिकन कार्ययोजना तिर लागौं |
योजना चाहिने स्रोत र साधन खर्च आम्दानी जिम्मेवार निकाय लाग्ने समय इन्डिकेटर
अल्पकालीन
गाउँपालिकाले किसानको बाली तथा कृषिजन्य सामग्री जुनसुकै बेला नगदी लिने तथा उन्नत जातको बीउ समयमा उपलब्ध गराइदिने ट्याक्टर चारवटा, कामदार चार जना चार कोठा तराजु तथा अन्य कुरा ५० लाख शुरु खर्च २०-४० हजार प्रति दिन , ४-५ जनाको रोजगारी प्रत्यक्ष तथा हजारौं को अप्रत्यक्ष रोजगारी स्थानीय निकायको सम्बन्धित शाखा,लेखा शाखा १वर्ष प्रत्येक किसानको आम्दानी औसतमा वार्षिक दुई लाखले वृद्धि हुने, गाउँपालिकाको पहिलो बर्स आम्दानी १० लाख हुने अर्को वर्ष देखि १५ लाख आम्दानी
दिर्घकालिन
गाउँपालिकाले किसानको बाली तथा कृषिजन्य सामग्री जुनसुकै बेला नगदी लिने तथा उन्नत जातको बीउ समयमा उपलब्ध गराइदिने बिमा को व्यवस्था , कृषिजन्य सामग्रीको बायो प्रोडक्ट ट्याक्टर चारवटा कामदार १०-५० जना चार कोठा तराजु तथा अन्य कुरा हिम घर बायो प्रोडक्ट मसिन १०० लाख
शुरु खर्च ४०-५० हजार प्रति दिन
१०-५० जनाको रोजगारी प्रत्यक्ष तथा हजारौं को अप्रत्यक्ष रोजगारी स्थानीय निकायको सम्बन्धित शाखा लेखा शाखा
स्थानीय तह ३ वर्ष प्रत्येक किसानको आम्दानी औसतमा वार्षिक दुई लाख ५० हजार ले वृद्धि हुने, गाउँपालिकाको पहिलो बर्स आम्दानी १ लाख हुने अर्को वर्ष देखि २५ लाख आम्दानी स्वास्थ्य, पशु तथा बाली बिमा ,पर्यटन विकास, विकासमा प्रतिस्पर्धा आदि
कार्यान्वयन गर्ने तरिका
सम्बन्धित स्थानीय तहले दुईजना मान्छेलाई रोजगार दिएर किसानले उत्पादन गरेको कृषिजन्य वस्तु गाउँपालिकाले उचित मूल्य मा नगद खरिद गर्ने |उक्त खरिद गरेको वस्तु नजिकको बजार उचित साधनबाट नबिग्रने गरी उदाहरणको लागि महोत्तरीको सोनमा गाउँपालिका बाट जनकपुर पुर्याउने जहाँ प्रतिकेजी १० देखि ५० रुपैयाँको फरकमा समान बिक्री हुन्छ| त्यहाँ गाउँपालिकाको दुईजना कर्मचारी राख्ने र उनीहरुले हरुले पालिका बाट ल्याएको कृषिजन्य वस्तु प्राप्त गरी बिक्री गर्न लगाउने |यसरी हेर्दा यदि हामीले दिनको १० टन मात्र कृषिजन्य वस्तु नजिकको सहर मा पैठारी गरी बिक्री गर्न सक्यो भने दिनको 50 हजारको बचत हुने देखिन्छ यसमा कर्मचारी को खर्च र श्रोत साधनहरूको खर्च कटौती गर्दा पनि दिनको 30 हजार जति प्रति दिन बचत हुन्छ |उक्त बचत रकम को छुट्टै कोष खडा गरी त्यहाँबाट किसानको बिमा, सस्तो ब्याजमा ऋण, आधुनिक उपकरण, खेती गर्ने आधुनिक तरिका सिकाउने तालिम र उन्नत बीउ उपलब्ध गराउने गर्न सकिन्छ | यसबाट सामाजिक र आर्थिक लाभ हुनुको साथै हामी किसान आनन्दले सुत्न र हाँस्न पाउँछौ | यहाँबाट हामी किसानको, स्थानीय , प्रदेश र देशको समृद्धिको पहिलो पाइला सुरुवात हुनेछन् |
ई. भरत कुमार यादव
Email :- bky.adhikari@gmai.com
फेसबुकबाट तपाईको प्रतिक्रिया !