नेपालमा २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंका तीनजना ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, सुनसरीका ४३ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
याेसमेत देशभर संक्रमणबाट मृत्यु हुनेकाे संख्या तीन सय ३६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !