• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनप्रतिनिधि र क्रसर माफियाले पत्रकारको जिब्रो काट्ने दिए धम्की


जनप्रतिनिधि र क्रसर माफियाले पत्रकारको जिब्रो काट्ने दिए धम्की

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेख्ने पत्रकारलाई जनप्रतिनिधिले हात र जिब्रो काट्ने धम्की दिएका छन्।

तीन दिनअघि पत्रकारद्वय ललन मण्डल र सुरेन्द्र सिंहले क्रसर माफियाको बदमासीबारे समाचार प्रकाशन गरेका थिए। सोही विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा हिंसालाई बढावा दिने खालको टीप्काटिप्पणी भइरहेको छ। कारण हो– क्रसर माफियासँग जनप्रतिनिधिको साँठगाँठ।सुमित बालुवा प्रशोधन उधोगले रातु नदीमा अवैध उत्खननका लागि बाटो बनाउन तटबन्ध भत्काएको समाचार बाहिर ल्याएपछि बर्दिबास नगरपालिका–७ का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले फेसबुकमा स्टाटस लेखे। उक्त स्टाटसमा बाबु चौलागाईको नामको व्यक्तिले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भन्दै कमेन्ट बक्समा टिप्पणी गरे।चैलागाईंले गरेको टिप्पणीमा वडाध्यक्ष मगरले ‘हजुर, त्यसको लागि त तयार छु जुध्न’ भनी रिप्लाई गरेका छन्। वडाध्यक्ष मगरको भाषा आपत्तिजनक छ।

उनले पत्रकारलाई तानाशाही शैलीमा जे पनि गर्न सक्छन् भन्ने स्पष्ट भएको छ।वडाध्यक्षले प्रयोग गरेको भाषाप्रति पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ,प्रेस नेपाल, प्रेस संगठन नेपाल, बर्दिबास नगर पत्रकार संजालले आपत्ति जनाएका छन्। महासंघका महोत्तरी अध्यक्ष कमलेश मण्डलले विज्ञप्ति जारी गरी भनेका छन्, ‘जनप्रतिनिधिले गरेको टिप्पणी हिंसालाई बढावा दिएको हाम्रो ठम्याइ छ।‘आफ्नो वडा–नगरमा अवैध उत्खनन गर्ने कार्य नरोक्ने, विकास संरचनाको संरक्षणतर्फ उदासीन देखिने तर यी विषय उठाउने पत्रकारविरुद्ध हात काट्ने र जिब्रो थुत्नेसम्मका टिप्पणीमा समर्थन जनाउने जनप्रतिनिधको काम उदेक लाग्दो नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी प्रेस स्वतन्त्रताको धज्जी उडाउने र पेसामाथि नै प्रहार हुने गरी भएको घटनाको घोर भत्र्सना गर्दछौं।महासंघले दोषीमाथि छानबिन गरी सम्मानजनक र सुरक्षित रुपमा पत्रकारलाई काममा लाग्ने वातावरणको सिर्जना गर्न जनप्रतिनिधिहरु, सुरक्षा निकाय र सरोकारबाला सबैसँग अपिल गरेको छ। साथै घटनाको सत्यतथ्य बुझ्न ५ सदस्य छानबिन समितिसमेत महासंघले गठन गरेको छ।

हेमकुमारी बराल (सुनिता)को संयोजकत्वमा राजकरण महतो, विक्रम रौनियार, गोपाल बराल र अनिता खनाल सदस्य रहनेगरी छानबिन समिति गठन गरिएको छ। समितिले ७ दिनभित्रै प्रतिवेदन पेस गरेपछि महासंघ महोत्तरीले थप निर्णय गर्ने जनाएको छ। यस्तै बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम प्रसाद रौनियार र प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतो र प्रेस नेपालकाे महाेतरी अध्यक्ष नागेन्द्र कुमार यादवले समेत संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पत्रकारलाई जनप्रतिनिधिले प्रयोग गरेको धम्कीपूर्ण भाषाप्रति आपत्ति जनाएका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२६ भाद्र २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२६ भाद्र २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२६ भाद्र २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२६ भाद्र २०७७, शुक्रबार
Next Post
मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाले दिए धम्की

२४ घण्टामा थपिए १४५४ संक्रमित

नेपालमा थप तीनजनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

महाेतरीमा काेराेनाबाट १ जनाको मृत्युु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh