• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले गरे जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


स्कुल अफ डेमोक्रेसी नामक संस्थाले गरे जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कोरोना महामारीमा सर्वसाधारणलाई उपचार गराउन कठिन भइरहेको बेला स्कुल अफ डेमोक्रेसीको कोभिड–१९ क्विक रेस्पोन्स टीमले शनिबार जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका–१ मुसहरी टोलमा सञ्चालन गरिएको शिविरमा १४७ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएको स्कुल अफ डेमोक्रेसीका सदस्य राकेश विक्रम साहले जानकारी दिए।
कोरोना महामारीका कारण सामान्य बिरामीहरूले समेत अस्पतालमा उपचार पाउन कठिनाइको सामना गर्नु परेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको साहले बताए। मुसहरीमा अधिकांश दलित समुदायको बसोबास रहेकोले उनीहरूलाई लक्षित गरेर शिविर सञ्चालन भएको उनको भनाइ छ।
शिविरमा स्वास्थ्य परीक्षण गराउन आएकाहरूलाई निःशुल्क औषधि, प्याथोलोजि जाँच तथा चिकित्सकीय परामर्श दिइएको स्कुल अफ डेमोक्रेसीका अर्का सदस्य दीपक ठाकुरले जानकारी दिए।
शिविरमा डा. शरद यादव, डा. विपिन यादव, डा. अभिजित साह, डा. सज्जन ठाकुर, डा. मनिषा भारद्वाज, डा. विकासकुमार साह, डा. सन्तोष साह, डा. विजयकुमार साह,डा अमित मिश्र,डा शशिभुशन ठाकुर लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका छन्।
कोरोना महामारीमा सर्वसाधारणलाई सहयोग गर्न स्कुल अफ डेमोक्रेसीको क्विक रेस्पोन्स टीमले सर्वसाधारणलाई एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै समस्या परेकोबेला निःशुल्क परामर्श, उपचार गराउँदै आइरहेको छ।
स्कुल अफ डेमोक्रेसीलाई कोभिड संकटमा सर्वसाधारणलाई सहयोग गर्न नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले ५० हजार नगद सहयोग गरेका छन्। यसैगरी जनकपुरस्थित लायन्स क्लबले मास्क, सेनिटाइजर, पिपिईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ।
आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानद्वारा रक्तदान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले सञ्चालन गरेको आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानले रक्तदान कार्यक्रम गरेको छ।
रेडक्रस धनुषामा देखिएको रगत अभावलाई मध्यनजर गरी वडाध्यक्ष जानकीराम साहको पहलमा सञ्चालन भएको अभियानले रक्तदान कार्यक्रम गरेको हो। कोरोना महामारीबीच आवश्यक्ता परेको बिरामीलाई रगत अभाव हुननदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष साहले बताए।
कार्यक्रममा महिला तथा पुरुष गरी ५० भन्दा बढी स्थानीयले रक्तदान गरेको उनले बताए। अभियानअन्तर्गत साताको दुईदिन शुक्रबार र शनिबार निःशुल्क स्वास्थ्य जाँचसमेत भइरहेको वडाध्यक्ष साहले जानकारी दिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

२० भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

२० भाद्र २०७७, शनिबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

२० भाद्र २०७७, शनिबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

२० भाद्र २०७७, शनिबार
Next Post
महाेत्तरीकाे पिपरामा नियमित सप्ताहिक सरसफाइ अभियानको सुरु

महाेत्तरीकाे पिपरामा नियमित सप्ताहिक सरसफाइ अभियानको सुरु

मुस्कान खातुनलाई मन्त्री भट्टाईको सहयोग

मुस्कान खातुनलाई मन्त्री भट्टाईको सहयोग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh