• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हप्ताैदिन पुगेपनि पत्ता लागेन पुजारीको हत्यारा


हप्ताैदिन पुगेपनि पत्ता लागेन पुजारीको हत्यारा

९ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको एक हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ ।
यही भदौ ३ गते राति खाना खान बसेका बेला पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या गरेको थियो ।
पुजारी हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटिएको छ । तर पनि प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पुरयाउन सकेको छैन ।
प्रदेश २ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘हत्या गरिएका पुजारी शान्त स्वभावका थिए,’ एसएसपी पोखरेलले भने, ‘अनुसन्धान जारी रहेको छ । केही ढिलो भए पनि हत्याको रहस्य अवश्य खुल्नेछ ।’
अन्य हत्याकाण्डभन्दा यो केही फरक रहेकाले प्रहरीको अनुसन्धानले समय लिएको उनको दाबी छ । घटनाका दोषीहरु उम्कन नपाउने बताउँदै उनले प्रहरीको विभिन्न टिमले दोषी पत्ता लगाउन दिनरात काम गरिरहेको पोखरेलले बताए ।
आफ्नै खर्चले हनुमान मन्दिर स्थापना गरेर पूजापाठ गर्दै आएका साहको हत्यापछि विश्व हिन्दु परिषद लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले घटना छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद प्रभु साहले पनि पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, साहलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि खेसरहिया बजारमा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग गृह प्रशासनसमक्ष राखेका छन् ।
यस्ता जघन्य अपराधका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्छ,’ सांसद साहलेभने, पुजारीको हत्या गर्नेलाई पक्राउ गर्न प्रशासनले ठोस पहल गर्नुपर्छ ।अनलाइन खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

९ भाद्र २०७७, मंगलवार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

९ भाद्र २०७७, मंगलवार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

९ भाद्र २०७७, मंगलवार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

९ भाद्र २०७७, मंगलवार
Next Post
स्थानीयको अवरोधपछि संक्रमितको शव व्यवस्थापनमा समस्या

रुपन्देहीमा एक कोरोना संक्रमितको मृत्यु

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh