कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा नगरप्रमुखले नगरभरी लकडाउन गर्न सुचना जारीगइकाे छ ।नगरपालिकामा बसिएकाे बैठकबाट पुर्णरुपमा बन्दगर्न सुचना जारीगरेपनि नगरका मानिसहरुले कोरोनालाई बेवास्ता गरी नाच गानगरिदै हजाराैकाे संख्यामा मानिसहरुकाे भिडभाड गरेका छन ।
महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा दुर्गापूजाको बाँस कटानकाे अवसरमा हजाराैकाे भीडभाड जम्मा गरेर बाजा र डिजेमा नाचगान गरि बिच बजारहुदै गएकाे देखदा स्थानियहरु त्रसित भएका छन ।कुनै किसिमकाे बहानामा रामगाेपालपुर नगरपालिकामा नगरपालिका प्रमूख अशाेक कुमार मण्डलले कुनै प्रकारको भीडभाड नगर्न लकडाउन गर्न सुचना जारीगरेपनि मण्डलले जारीगरेकाे सुचनालाइ धज्जिया उडाउँदै भीडभाड गरी कार्यक्रम गरिएको छ ।
रामगाेपालपुर नगरपालिका वडा नं. ५ दुर्गा मन्दिरमा लागदै अाएकाे मेलाकाे आयोजना गर्न उक्तत कार्यक्रम गरिएको छ ।
कोरोनाको सँक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै सरकारले अहिले पूजाआजा निष्ठापूर्वक गरी भीडभाड नगर्न आव्हान गरेको छ । धर्म र आस्थामा कुनै प्रकारको बन्देज नभएपनि नाचगान जस्ता कार्यक्रम, मेला जस्ता कार्यक्रम केही दिन नगर्न आग्रह गरेको छ ।
कोरोना समुदाय स्तरमा पुगेको र भीडभाडल झनै सँक्रमण फैलिने खतरा रहेको भन्दै नाचगान नगर्न नगराउन भनेपछि त्यसलाई बेवास्ता गरिएको छ । समुदाय स्तरमा काेराेना फैलिन नदिन नगर प्रमुख अशाेक कुमार मण्डल र प्रवक्ता जितेन्द्र चाैधरीले समेत सुचना निकालि लकडाउन गर्न सुचना जारी समेत गरेकाे छ । प्रहरीसंगसमेत हेर्दा खासै कुनै चाँसाे नलिएकाे देखिएकाे छ ।
स्थानीयले भन्ने संक्रमिण बढने प्रवल सम्भवना रहेकाे समयमा यस्ताे भिडभाड गर्नु ठिक नरहेकाे जनाईएकाे छ ।समुदायमा कोरोना फैलिएपनि यीनीहरु सचेत नभए समाजमै भयावह अवस्था सृजना हुने डर रहेकाे यथार्थ नलुकेको बताए । जनता समाजवादी पार्टीको नेता रामबाबु मण्डलकाे मिलाेमताेमा उहाकै नेत्रृत्वमा सो कार्यक्रमहरु गरिएको बुझिएको छ ।
यता, वाडा अध्यक्ष चाैधरीसंग कुरा गर्दा हामी भिडभाडकाे पक्षमा नरहेकाे र मैले भिडभाड नगर्न भनेका थियाै रातमा बजारमा अाउदा मलाइ जानकारी भएकाे जनाईएकाे छ । नगरपालिकाले पूजाआजा मात्र गरी धार्मिक परम्परालाई निरन्तरता दिँदै तत्कालको लागि भीडभाड हुने गरी कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । अहिले समुदाय स्तरमा कोरोना पुगेकोले सँक्रमितको सँख्या दिनानुदिन तीव्र रुपमा बढदै गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !