प्रतिक्षा खबर
रामगाेपालपुर, साउन ३१ गते
पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३७ महिलासहित १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी सर्लाहीमा ५४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्सामा ४८ जना, धनुषामा ३२ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना, सिरहामा ११ जना, रौतहटमा ५ र बारामा ३ जना संक्रमित थपिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ८२१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा उपचार पश्चात ११ महिलासहित ६४ जना उपचार पश्चात कोरोना मुक्त भएर घर फर्केको निर्देशनालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !