प्रतीक्षा खबर
रामगापालपुर, साउन २८ गते
कोरोना संक्रमणबाट थप जनकपुरकी एक व्यक्तिको मृत्यु भएको छ ।
काठमाडौँस्थित पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वरले जानकारी दिए
उनी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी थिइन् ।
यसअघि मंगलबार राति जनकपुरकै रामा होटेलका संचालक ७३ वर्षीय कृष्ण गिरीको मृत्यु भएको थियो ।
उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !