रामगाेपालपुर
अाैरही नगरपालिकामा केही व्यक्तिहरुमा काेराेना भाइरस फेला परेकाेले समुदाय स्तरमा कोरोना फैलिन नदिन अाैरही नगरपालिकाले गएको साउन २५ गतेदेखि अर्काे सूचना नअाउनजेलसम्मकाे लागि लकडाउन गरेको छ ।
समाजिक स्तरमा फैलिएको कोरोनाको जोखिमलाई न्युनिकरणको लागि नगरक्षेत्र भित्रमा अतिआवश्यक औषधि पसल र स्वास्थ्य संस्था बाहेक सबै सेवा साउन अर्काे सूचना नअाउनजेलसम्मकाे लागि बन्द गरेको छ ।
नगरपालिकाका मेयर सुनिल कुमार यादवले सूचना जारी गर्दै हाटबजार नगलागउन, अनिवार्य मास्क प्रयोग गर्न, समाजिक दुरी पालन गर्न, भीडभाड नगर्न, सावुन पानीले हात धुन लगयात अति आवश्यक बाहेक घरबाट नस्किन आग्रह समेत गरेका छन् । अदि कसैले अटेरी गरेकाे पाइएमा नियमअनुसार कर्वाही गरिने सुचनामा उलेख रहेका छन ।
तर मेयर यादवले जारी गरेकाे सुचनाकाे भाेलि पल्टै आफ्नै गाउँमा विभिन्न ठाउँहरुमा लकडाउनको धज्जी उडाउँदै मेला र पहिलादेखि लागदै अाएकाे हाट बजारहरुसमेतकाे आयोजन गरिएको छ । मेयर यादवकाे अाफनै वाडा ४ मा विभिन्न स्थानहरुमा मेलाकाे अायाेजना गरिएकाे र पहिलादेखि लागदै अाएकाे बजार समेत अथावत रुपमा लागदै छन । कृष्णष्टमी मेलामा मंगलबार साँझ संयौको संख्यामा भीडभाड लागको थियो । मेलाबाट कोरोना सर्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।त्यसमापनि काेराेना संक्रमितहरु खुलेयाल समुदाय स्तरमा खुम्दैरहेकाेले सथानियहरु त्रसित बनेका छन ।
मेयर यादवले आफैले सूचना जारी गर्दै लकडाउन गर्ने अभेल्ना गरिनेलाइ कारवाहि गरिने समेत सुचनामा उलेख गरिएतापनि अाफनै वाडामा मेला आयोजन गरी तामझाम तथा भीडभाड गराएपछि स्थानीय आश्चर्य चकित भएका छन् । मेयर यादवकाे दाेहराे नितिले स्थानियहरु पालिकावासिहरु समस्यामा रहेका स्थानियहरुले बताईरहेका छन ।एकातिर भिरभार नगर्ने सुचना जारिगरेका छन भन्ने अर्काेतिर संक्रमित व्यक्ति खुलेयाम समाजिक स्तरमा घुम्दैछन र भिडभाड लागदैछन ।