एजेन्सी
संसारलाई कोरोनाले आक्रान्त पारीरहेका बेला संसारभर प्रतिक्षा गरिएको बिषय हो कोरोनाको भ्याक्सिन । चीन, रुस, अमेरीका, बेलायत, भारत लगायतका देशले कोरोनाको भ्याक्सिन परीक्षण गरीरहेका छन् ।
यी सबै मध्य रुसले सबैलाई उछिन्दै सबै भन्दा पहिला कोरोना भ्याक्सिन दर्ता गर्ने भएको छ । रुसी स्वास्थ्य मन्त्री मिखाईल मुरास्कोले एक अस्पतालको उद्घाटन गर्दै १२ अगष्टमा अर्थात आउने हप्ता विश्वमा पहिलो कोरोना विरुद्धको भ्याक्सिन दर्ता हुने बताए ।
आम मानिसलाई भने अक्टोबर महिनाबाट भ्याक्सिन लगाउन थालिने उनले बताए ।
उपस्वास्थ्य मन्त्री ओलेग ग्रिदनेवले मेडिकल पेशामा रहेका र बरिष्ठ नागरिकहरलाई सबै भन्दा पहिला यो भ्याक्सिन दिईने बताए ।
४२ दिन अघि रुसले परीक्षण गरेको भ्याक्सिन सत प्रतिशत सफल भएको दाबी गरिएको छ । रुसले मस्कोमा रहेको सेनाको ब्यारेकमा ठूलो संख्यामा यो भ्याक्सिन लगाएको र ती सबैमा विना साइड ईफेक्ट रोग प्रतिरोधी क्षमता बढेको र धेरै मानिसहरुले त्यसको पारदर्शी जानकारी लिएको बताएको छ ।
गमलेया नेस्नल सेन्टर फर रिसर्चले यो भ्याक्सिन तयार पारेको हो ।
यो भ्याक्सिन परीक्षण गरिएका मानिसमा रोग प्रतिरोधी क्षमता वृद्धि भएको भनिएको छ ।
रुसले सेप्टेम्बर महिनामा ठूलो मात्रामा भ्याक्सिन उत्पादन गरेर अक्टोबरबाट सबै जनतालाई दिईने र त्यसको सबै खर्च सरकारले व्यहोर्ने पनि स्पष्ट गरेको छ ।