प्रतीक्षा खबर
वीरगञ्ज, साउन २३ गते
बिहीबार कोरोना संक्रमणबाट पर्सामा थप दुईजना पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका-११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको र ७९ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको वीरगञ्जस्थित अस्थायी कोभिड विशेष अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले जानकारी दिए
चिकित्सकका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए । बिहीबार मृत्यु भएका दुईसहित कोरोना संक्रमणको कारण ज्यान गुमाउने चार जनाको शवको गए राति अन्त्यष्ठि गरिएको पर्साका डिएसपी मनोजजित कुँवरले बताए ।
यसैबीच पर्सामा सुरक्षाकर्मीसहित थप एक सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।