• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनता समाजवादी पार्टीमा एक व्यक्ति-एक पद


जनता समाजवादी पार्टीमा एक व्यक्ति-एक पद

राजपा र समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी नेपालले एक पद–एक व्यक्तिको नीति अंगीकार गर्ने भएको छ । बुधबारदेखि सुरु जसपा पहिलो कार्यकारणी समितिको बैठकमा पेस हुन थालेको समायोजनसम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव अगाडि सारिएको छ । जसपाको विधानले ‘एक व्यक्ति–एक पद’को व्यवस्था गरेको छ ।
प्रस्ताव बैठकबाट पारित गरेर लागू गर्ने नेताहरूले बताएका छन् । निर्देशिकामा ‘एक व्यक्ति–एक पद’ को प्रस्ताव छ । पार्टीको केन्द्रदेखि वडा तहसम्म पार्टी समायोजन गर्दा ‘एक व्यक्ति–एक पद’ लागू गर्ने भनिएको छ । वरीयता विवाद कायमै रहेको वेला पार्टीले केन्द्रदेखि वडासम्म ‘एक व्यक्ति–एक पद’ लागू गर्न लागेको हो । केन्द्रमा अहिले महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा रहेको ५१ सदस्यीय कार्यकारणी समिति छ, जहाँ तीनजना वरिष्ठ नेता छन् । अन्य पदाधिकारी भने अब टुंग्याउने जसपाले जनाएको छ ।
एकीकृत पार्टीको पहिलो बैठकमा समसामयिक राजनीतिक प्रस्ताव, पार्टीको आर्थिक व्यवस्थापनसम्बन्धी प्रस्ताव र समायोजन, आन्तरिक आचारसंहितासम्बन्धी प्रस्तावका विषयमा बिहीबारदेखि छलफल गर्ने नेता केशव झाले जानकारी दिए । समायोजन निर्देशिकाले मंसिरभित्र केन्द्रदेखि वडा तहसम्मको पार्टी समायोजन काम सिध्याउने खाका बनाएको छ । सबै तहका समितिहरू समायोजन गर्दा सकभर सहमतिको आधारमा गर्नुपर्नेसमेत उल्लेख छ । सहमति नभएमा मात्रै निर्वाचन प्रक्रियामार्फत पार्टीको विधानले गरेको व्यवस्थाअनुसार समिति बनाउने भनिएको छ । पार्टी एकीकरण हुँदा एकीकृत पार्टीमा सबै ठाउँमा बराबरीको हिसाबले एकीकरण गर्ने सहमति थियो ।
पार्टीले लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्ला, राजेन्द्र श्रेष्ठ र नवराज सुवेदीको चार सदस्यीय कार्यदल बनाएर पार्टीको समायोजनसम्बन्धी निर्देशिका तयार पारेको छ । यही चार सदस्यीय कार्यदलले जसपाको विधानसमेत बनाएको थियो ।
समायोजन निर्देशिका कार्यदल समितिका सदस्य शुुक्लाले पार्टीको बैठकले समायोजनसम्बन्धी निर्देशिका पारितपछि अन्य काम अगाडि बढ्ने बताए । ‘पहिला पार्टीले औपचारिक रूपमा यसलाई पारित गर्नुपर्‍यो,’ शुक्लाले भने, ‘त्यसपछि मात्रै पदाधिकारी छान्नेदेखि समायोजनको काम अगाडि बढछन् ।
बुधबारको पहिलो दिनको बैठकमा परिचयात्मक कार्यक्रम मात्रै भएको जसपाका अर्का नेता वृषेशचन्द्र लालले बताए । कार्यकारिणीका ५१ मध्ये मंगलबार ४१ सदस्य सहभागी थिए । पहिलो दिन राजनीतिक पृष्ठभूमिसहित प्रत्येकले १० देखि १२ मिनेट खर्चिएर आफ्नो परिचय दिएका थिए । बैठकमा केन्द्रीय कार्यकारणी समितिका नेतालाई प्रशिक्षण दिने कार्यक्रम पनि छ । १० वैशाखमा पार्टी एकीकरण गरेको जसपाले २८ असारमा मात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो । सभार नायँ पत्रिका

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

२२ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

२२ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२२ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

२२ श्रावण २०७७, बिहीबार
Next Post
जनता समाजवादी पार्टीमा एक व्यक्ति-एक पद

जसपा कार्यकारिणी बैठकमा सात एजेन्डामा छलफल हुँदै, कोरोनाका कारण प्रशिक्षण तालिका स्थगित

प्रदेश २ मधेस भवन प्रवेश निषेध, निवासबाटै काम

प्रदेश २ मधेस भवन प्रवेश निषेध, निवासबाटै काम


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh