• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि


सुरेश बिडारी
१९ साउन, वीरगञ्ज । पर्सामा पत्रकार, नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधारणसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६९ जना पर्साका, ३ जना बाराका र एक जना भारतका नागरिक छन्
योसँगै पर्सामा जम्मा संक्रमितको संख्या ६ सय ८ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साले १८ साउनमा तयार पारेको रिपोर्ट अनुसार नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा ६१ जना, वीरगञ्ज हेल्थ केयरमा ११ जनालाई राखिएको छ । त्रिजुद्ध माविमा १५, वीरगञ्ज कारागारमा १२, सिद्धार्थ स्कुलमा २१, वगही प्राथमिक स्वास्थ्य केन्द्र पर्सागढीमा ४, होटल विजय ज्योतीमा ३, सखुवा प्रसौनीमा २ र पटेर्वासुगौलीमा ४ जनालाई राखिएको छ ।
६१ जनालाई राखिएको ठाउँ सेमीआइसोलेसन सेन्टर मात्रै हुन् । संक्रमितको संख्या बढ्दै गएपछि लक्षण सहितका संक्रमितलाई मात्रै अस्पताल राख्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । अन्य संक्रमितलाई सेमीआइसोलेसन र होमआइसोलेसनमै राखिने भनिएको छ । १ सय ९३ जना अझै आइसोलेसन सेन्टर बाहिर छन् ।
वीरगञ्जमा १ सय ४२, सखुवाप्रसौनीमा २, बहुदरमाई, छिपहरमाई, जगरनाथपुर र पोखरियामा १÷१ जना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसन भनिए पनि मापदण्ड अनुसार भए/नभएको अनुगमन गर्ने संयन्त्र बनाएर परिचालन गरिएको छैन ।
आइतबार ४ सय ९० जनाको थ्रोट स्वाब नमुना परीक्षण गर्दा ६१ जना पुरूष र १२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताए । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ७७ वर्षकी वृद्धासमेत छन् ।
आइतबार राति संक्रमण पुष्टि भएका ७३ जनाहरु पत्रकार, सुरक्षाकर्मी, मास ट्रेसिङ, एक घर एक परीक्षण, कन्ट्याक्ट ट्रेसिङमा परेका, क्वारेन्टिनमा बसेकाहरु रहेको डा उपाध्यायले बताए । श्रीपुर स्कुलमा मास ट्रेसिङमा स्वाब दिएका २६ जना, रेल्वे स्कुलमा एक घर एक परीक्षणका क्रममा नमुना दिएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तैगरी मारुती फर्माका १ जना भारतीयसहित ३ जना, नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पत्रकार १ जनामा कोरोना संक्रमण देखिएको छ । साउन ८ गतेदेखि १७ गतेसम्म गरिएको स्वाब संकलनको नतिजा निकालिएको हो । अझै ५ सयभन्दा बढी स्वाब नमुना परीक्षण गर्न बाँकी रहेको नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।
संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।अनलाइन खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

१९ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

१९ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

१९ श्रावण २०७७, सोमबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९ श्रावण २०७७, सोमबार
Next Post
मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण

मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण

भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील

भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh