• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ
कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तैगरी अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । संक्रमितहरु पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म छन् ।
यसअघि वीरगञ्ज–६ माईस्थान मीनाबजार क्षेत्रमा गरिएको मास टेष्टिङमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तरकारी, फलफूल र माछामासु पाउने क्षेत्र भएकाले मीनाबजार क्षेत्रमा भिडभाड हुने गर्छ ।
मास टेष्टिङमा बढी जनसम्पर्कमा रहने मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
‘पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिका जस्ता बढी जनसम्पर्कमा आएकाहरुमा कोरोना देखिएको छ । यसअघि माईस्थान मीना बजारमा संक्रमण देखिएका अधिकांश पसल व्यवसाय गर्ने नै थिए । माईस्थान मीना बजारमा २ सय ९ जनाको स्वाब नमूना लिँदा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो
वीरगञ्ज–११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
श्रीपुरका ६२, १८, ५०, ४५, ३४ र १७ वर्षका पुरुष तथा ५०, ६०, २९ र ४३ वर्षका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मगनुस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । औषधि फर्मामा काम गर्ने वीरगञ्ज–८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज–८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पेड पीसीआर गराएका वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका ५६ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।सभार अनलाईन खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

१८ श्रावण २०७७, आईतवार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ श्रावण २०७७, आईतवार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

१८ श्रावण २०७७, आईतवार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

१८ श्रावण २०७७, आईतवार
Next Post
कोरोना भाइरस संक्रमणको कारण प्राविधि शिक्षामन्त्रीकाे मृत्यु

कोरोना भाइरस संक्रमणको कारण प्राविधि शिक्षामन्त्रीकाे मृत्यु

आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी

आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh