सिराहा जिल्लामा शंकास्पत किसिमले सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ। मंगलबार सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका-३ बस्ने २३ वर्षीय मनोहर कुमार यादव रहेका छन्। सिराहास्थित सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत उनी कसरी नहरमा पुगे भन्ने कुरा खुल्न नसकेको प्रहरीको भनाइ छ।
उता मृत्यु भएका आफन्तका अनुसार मृत्युका कारन शंकास्प्त रहेका छन, डिउटी सके पछी बाहिर जादा भित्र रहेका इन्चार्ज लाई जानकारी दिएर मात्र बाहिर जान्छ तर यसरी मृत्यु हुदा पनी केही जानाकारी नभएको भनु कुरा नै शंकास्पत लागेको छ, दोषी जो कोही होस कार्यबायीको माग गर्दछु भने कुरा आफन्तले बताएका छन।