महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।
मेघगर्जन र भारी वर्षासँगै सोमबार बिहान परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको हो ।
जिल्लाको महोत्तरी गाउँपालिका– १ का ५५ वर्षीय इन्दल यादवको मृत्यु भएको छ ।
सोमबार बिहान गाउँनजिकैको चौरमा भैँसी चराउँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
उनकोे शव आफन्तले दाहसंस्कारका लागि जिम्मा लिएका छन् । मृतकको छातीमा चट्याङ लागेको र तत्काल उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।सभार नाँया पत्रिका