• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेना संक्रमितकाे उपचार घरमै गरिने


प्रतीक्षा खबर
कोभिड-१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा चार महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ ।
तर, शनिबारसम्म नेपालमा संक्रमितको संख्या १४ सय एक पुगेको छ। अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घरमै उपचार गर्नुपर्ने अवस्था आएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
संक्रमितमध्ये दुई सय १९ जना निको भएर घर गएका छन् । ‘११ सय ७६ जना संक्रमित अहिले अस्पतालमा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन् । कोभिड अस्पतालमा थाेरै संक्रमित मात्रै भर्ना गर्न सक्ने क्षमता छ ।
सरकारले केही अस्थायी क्लिनिकमा करिब चार सय संक्रमित राख्न सकिने जनाएको छ । तर, संक्रमणको गति र सरकारको तयारीबीच कतै पनि तालमेल देखिएको छैन ।
‘नेपालमा करिब १५ सयसम्म संक्रमित हुने अनुमानका आधारमा तयारी गरिएकोमा संक्रमण तीव्र गतिमा फैलिएकाले अब उपचारको व्यवस्था नै परितर्वन गर्नुपर्ने अवस्था आएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।
मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका, तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ  । त्यस्तै अस्पतालमा भर्ना भएका, तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ ।
‘स्वास्थ्य सामान्य भएका अथवा लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा लगेर उपचार गराउन सम्भव देखिएन । अब संक्रमितलाई पनि स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरेर सेवा दिने भएको हो,’ मन्त्रालयका प्रवक्ता डा.देवकोटाले भने, ‘यो विषयमा छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन ।’
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड अस्पताललाई पनि तीन समूहमा वर्गीकरण गरिनेछ । मृत्युसँग लडिरहेका अन्तिम अवस्थाका बिरामी, गम्भीर बिरामी र सामान्य बिरामीलाई अलग–अलग समूहमा राखिनेछ ।
कोभिड संक्रमितको संख्या धेरै देखिएका र मृत्युको संख्या बढी भएका देशमा पनि यही सूत्रमा उपचार भइरहेकाले नेपालमा त्यही अनुसरण गर्न थालिएको मन्त्रालयको भनाइ छ ।
अहिलेसम्म भारतमा श्रम गर्न गएका युवामा मात्र संक्रमण भेटिएकाले मृत्युको संंख्या नियन्त्रित छ । तर, समुदायमा संक्रमण फैलिएमा दीर्घरोगी, वृद्धवृद्धालाई यसले बढी असर गर्नेछ । ‘हामी आजसम्म यो मानेमा भाग्यमानी छौँ, धेरै संक्रमितमा लक्षण नै छैन, भए पनि सामान्य छ । तर, मृत्युको संख्या पनि बढ्दै गएकाले सचेत भने हुनैपर्ने देखिएको छ,’ डा। देवकोटाले भने ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

१८ जेष्ठ २०७७, आईतवार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

१८ जेष्ठ २०७७, आईतवार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

१८ जेष्ठ २०७७, आईतवार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

१८ जेष्ठ २०७७, आईतवार
Next Post

क्वारेन्टाइनमा एक जनाले गरे अात्महत्या

काेराेना भाइरसकाे भ्यक्सिन यसै वर्षकाे अन्तसम्म अाउने त्यारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh