काठमाण्डौ : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४९ पुगेको छ । बिहीबार साँझ साढे ८ बजे को अध्यावधिक अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४९ पुगेको हो ।
बिहीबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको दहचोक निवासी ७ वर्षीय बालक र जनकपुर धनुषा निवासी १७ वर्षीया किशाेरी र धादिंग निवासी ३० वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।