सोनमा गाउपालिका वाडा नं २ द्वारा जारी क्रीकेट टुर्नामेन्टमा आइतबार भएको दोस्रो खेलमा वाडा नं ३ रघुनाथपुर टिमले वाडा नं ५ खैरबनी टिमलाइ ४६ रनले हराएको छ। खैरबनी टिमले टस जितेर पहिले बलिग गर्ने निर्नय गरेका थिए। बैटिग गर्न आएका रघुनाथपुर निर्धारीत १६ ओभरको खेलमा रघुनाथपुर टिमले ९ बिकेटको क्षतीमा १२६ रन बनाएको थियो। रघुनाथपुरको तर्फबाट मनोज कुमार ३० रन, लक्षमन कुमार २३ रन, नवीन १० र रामबिर ५ रन बनाएका थिए। खैरबनीकोतर्फ बाट रंजितले ३ बिकेट लिएका थिए। रघुनाथपुर टिम जित संगै सेमिफानलमा जगह बनाउने दोस्रो टिम बनेको छ। यस अघि मगर थाना टिम पहिले नै जगह बनाइ सकेका छ्न।
१२७ रनको बिजय लक्ष्य लिइ बैटिङ गर्न आएका खैरबनी टिमले ८० रन बनाउदै अल आउट भएका थिए। खैरबनीको तर्फबाट दिनेश कुमार १९, रंजित कुमार १४, अरबिन्द १२ रन बनाएका थिए त्यस्तै रघुनाथपुर तर्फबाट चन्दा पटेल ३ ओभरमा ६ बिकेट र मनोज कुमारले ४ बिकेट लिएका थिए।
खेलको मैन अफ दी म्याच रघुनाथपुर टिमका बलर ६ बिकेट लिएका चन्दा पटेल लाइ प्रदान गरेको छ।









































































































