• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा


गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा

महोत्तरी : विश्वासका भरमा बिनाकागजात जग्गा खरिद गरेको वर्षौ बित्दासमेत आफ्ना नाममा लालपूर्जा नपाएपछि महोत्तरी गौशाला नगरपालिकाका दर्जनौँ मुसहर घरपरिवार चिन्तित भएका छन् । गौशाला–१० स्थित मुसहर बस्तीका ५५ घरपरिवार वर्षौँ पहिले बसोबास गर्नका लागि खरिद गरेको जग्गाको नामसारी नहुँदा चिन्तित भएका हुन् ।

वर्षौँ पहिले आफ्नो बाबु र हजुरबुबालाई स्थानीयवासी खेमराज ढकाल र ब्रह्मानन्द ढकालले बसोबासका लागि केही रकम लिएर जग्गा बिक्री गरेका थिए । तर, अहिलेसम्म पनि सो जग्गा आफ्नो नाममा हुन नसकेको स्थानीयवासी झौली सदाले बताउनुभयो । उमेरले ६५ वर्षका रहेका झौली सदाले भन्नुभयो, “आफूले जीवनमा अनेकौ पटक ढकाल दाजुभाइलाई जग्गा नामसारीका लागि आग्रह गरिएको थियांै । तर, उनीहरु समक्ष गरिएको प्रयास असफल भएको छ । अनेकौंपटक जग्गाको सम्बन्धमा खेमराज र ब्रह्मानन्द ढकालसमक्ष आग्रह गरिएको तर कुनै सुनवाइ हुनसकेको छैन ।”

डेढ बिघा क्षेत्रफलमा आफूहरुको ६० घरपरिवारले बसोवास गर्दै आएका समाजका अगुवा (माईजन) मुकुन्द सदाले जानकारी दिनुभयो । मुकुन्द सदाले अगाडि भन्नुभयो, “अहिलेसम्म हामीहरुको विश्वासको भरमा जग्गामा घर बनाएर बसोबास गर्दै आएका छौँ । कही कुनै किसिमको अप्ठ्यारो भएन । ढुक्कका साथ बस्दै आएका छाँै ।” अब आफूहरुलाई चिन्ताले सताउन थालेको सदाले उल्लेख गर्दै थप्नुभयो–“अब नाम सारिको प्रक्रियामा लाग्नुपर्छ । समय अनुसार मान्छेको सोचाई परिवर्तन हुने भएकोले अधिक विश्वास गर्दा पनि मान्छेलाई वेफाईदा हुन्छ । आफुहरुले यस विषयमा जानकारवालासँग छलफल गरि कदम उठाउनु पर्ने आवश्यक रहेको छ ।”

विसं १९८० मा सिरहाबाट मजदूरीका लागि आएका मुसहर समुदायलाई स्थायी रुपमा बसोवास गर्न स्थानीय ढकाल दाजुभाइले सो जग्गा उपलब्ध गराएको प्रकाशबहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, “जग्गा खरीदबिक्री भएको दशकौ बितिसकेको छ । यस अवधिमा जग्गा खरिद गर्ने र बिक्री गर्ने दुवै पक्षमध्ये अधिकांशको मृत्यु भइसकेको छ ।” अब सरकारले नै उनीहरुको समस्याको सम्बन्धमा पैरवी गर्न सकिने श्रेष्ठले धारणा राख्नुभयो ।

मुसहर समुदाय आर्थिक रुपमा विपन्न, अशिक्षित भएकै कारण उनीहरुलाई सुलभ रुपमा विश्वास कायम गरी जग्गाधनीले वर्षौ बित्दासमेत नामसारी नगरिदिँदा मुसहर समुदायमा कसैको नाममा लालपूर्जा नरहेको स्थानीय नेता मनु अधिकारीले बताउनुभयो । वर्षौँ पहिले खिरखिरिया डाँडाले परिचित रहेको सो स्थानमा सिरहाबाट आएका मुसहर जग्गा खरिद गरी बस्ती बसालिएको नेता अधिकारीले जानकारी दिनुभयो । सो जग्गा अहिले कानूनरुपमा नभए पनि स्थानीयवासीले भोगचलनको आधारमा मौखिक रुपमै जग्गाको समेत कारोवार गर्दै आएका छन् । साभारःजनकपुरटुडे

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

३० फाल्गुन २०७६, शुक्रबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

३० फाल्गुन २०७६, शुक्रबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३० फाल्गुन २०७६, शुक्रबार
Next Post
bardibas-medical-college

मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साह

धनुषामा पाँच दलित महिलामाथि कुटपिट, घटना मिलाउन प्रहरीनै सक्रिय

धनुषामा पाँच दलित महिलामाथि कुटपिट, घटना मिलाउन प्रहरीनै सक्रिय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh