जनकपुरधाम,पुष १ गते।जनता समाजवादी पार्टी नेपाल प्रदेश नं २ संसदीय दलका उपनेता प्रदेश सांसद रामअशिष यादवले जसपाको युवा नेता सुबोध सहनीको आसामायिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
उपनेता यादव, जिल्ला अध्यक्ष पशुपति यादव,उपाध्यक्ष अम्भु प्रसाद साह , नगर अध्यक्ष कमलदेव मंडल, युवा नेताहरु शंकर साह, सरोज मंडल र विधार्थी नेता विकास यादवले संयुक्त रुपमा युवा नेता स्व सुबोध सहनीको पार्थिव शरीरमा पार्टीको झण्डा अोढाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
क्यान्सर रोगबाट पीडित औरही गाउँ पालिकाको चक्कर गाउँ निवासी जसपा का युवा नेता स्व सहनीको २९ वर्ष को उमेर गएराति मृत्यु भएको थियो।
युवा नेता सहनीको बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भएको थियो।
मृतक युवा नेता सहनीको एक चार वर्षिय छोरा र एक श्रीमती रहेको कुरा पारिवारिक श्रोतले जनाएको छ।
अल्प आयुमा मृत्यु भएको युवा नेता स्व सुबोध सहनीको निधनले जसपा नेपाल पार्टीलाई अपुरणीय क्षति भएको कुरा जसपा का समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले बताउनुभयो भएको छ।









































































































