प्रतिक्षाखबर
जलेश्वर, मंसिर २९ गते ।
सरकारविरुद्ध नेपाली कांग्रसले जलेश्वरमा प्रदर्शन गरेको छ । कांग्रसले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको अनुसार सोमवार महाेतरीकाे सदरमुकायम जलेश्वरमा पनि प्रदर्शन गरेको हो ।
गएको मंसिर २६ गते कांग्रेसले गरेको देशव्यापी निर्णय अनुसार आज जलेश्वरसहित देशका विभिन्न शहरहरुमा नेपाली कांग्रसले हजारौंको संख्यामा प्रदर्शन गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, संवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै आज देशभरी एकैदिन विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस महाेतरीले जनाएको छ ।
‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन मल छैन, सत्ताको लडाई लाज छैन’ भन्ने लगायतका मुल नाराका साथ प्रदर्शन भएको छ ।
नेपाली कांग्रेसका विभिन्न नेताहरुलेकार्यक्रमलाई सम्बोधन गरेका थिए।