• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोना संक्रमणबाट प्रदेश २ का थप ५ जनाको मृत्यु


कोरोनाबाट मृत्यु भएकालाई सेनाले गरे अन्त्येष्टि

प्रतिक्षा खबर

काठमाडौँ, भदौ २० गते ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्सा, काभ्रे, मोरङ, बुटवल र नवलपरासीका हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।
विराटनगरको न्यूरो अस्पतालबाट श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि रेफर भएकाले प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना गरिएको प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार महिलालाई बिहीबार बिहान पौने ११ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । महिलामा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या थियो ।
यससँगै प्रदेश १ मा हालसम्म ३६ संक्रमितको मृत्यु भएको छ । जसमा प्रदेश १ का २४ र प्रदेश २ को १२ जना रहेका छन् । प्रतिष्ठानमा हालसम्म उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।
कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले जानकारी दिएका ।
अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो । काभ्रेमा कोरोना संक्रमणबाट जिल्लाका दुई जना र अन्य जिल्लाका ३ गरी ५ जनाको मृत्यु भइसकेको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणका कारण पकहा मैनपुर गाउँपालिका २ निवासी ७५ वर्षका बैजनाथ महतोको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
संक्रमित वृद्धको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका थिए । उनी निमोनियाले ग्रसित थिए।
योसँगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या २७६ जना पुगेको छ । टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२० भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२० भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२० भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२० भाद्र २०७७, शनिबार
Next Post
बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

गाउँपालिका अध्यक्षलेगरे मरहाखाेलामा झुलुगें पुलकाे शिलान्यास

गाउँपालिका अध्यक्षलेगरे मरहाखाेलामा झुलुगें पुलकाे शिलान्यास


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh