• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ को अवस्था अझै भयावह हुने संकेत केन्द्र सरकाले गरेन सहयाेग


जनकपुर क्षेत्रमा र क्षिरेश्वरनगरपालिकामा कर्फ्यु जारी

प्रतिक्षा खबर
जनकपुरधाम, भदौ १४ गते
प्रदेश २ मा कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको छ । समाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा हालसम्म ९ हजार ७ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ८७ जनाको मृत्यु भइसकेको छ । जनस्वास्थ्य विज्ञका अनुसार यस प्रदेशमा संक्रणम र मृत्युदर अझै बढ्ने छ ।
कोरोना नियन्त्रण तथा रोकथामकालागि प्रदेश सरकारले गठन गरेको विज्ञ समुहका सदस्य डा. रामकेवल साह प्रदेश २ मा कोरोना संक्रमण फैलिनुका मुख्यतः ४ कारण औँल्याउँछन् । जनघनत्व, खुला सीमा, गरिबी र स्वास्थ्य व्यवस्था कोरोना फैलिने मुख्य कारक तत्त्व रहेको उनको विश्लेषण छ ।
यस प्रदेशमा हालसम्म देखिएको संक्रमितको संख्या अन्य प्रदेशभन्दा तुलनात्मक रूपमा सबैभन्दा धेरै देखिनु स्वाभाविक रहेको बताउँदै उनले प्रदेश २ को तथ्यांक प्रस्तुतिसमेत अफवाहपूर्ण ढंगले भइरहेको आरोप लगाए ।
‘जनसंख्याको घनत्वको अधारमा हेर्दा अन्य प्रदेशभन्दा धेरै बढी संक्रमण फैलियो भन्न मिल्दैन । २० प्रतिशत जनसंख्या रहेको यो प्रदेशमा संक्रमितको संख्या देखेर मात्र विश्लेषण गर्नुहुँदैन,’ डा. साहले भने, ‘सबै जिल्ला भारतीय सीमासँग जोडिएको छ । ३ प्रतिशत भू भागमा २० प्रतिशत जनसंख्या छन् । यहाँ डाटाको प्रस्तुति गलत तरिकाले भइरहेको छ । ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले यूपी र बिहारमा संक्रमण नियन्त्रण नभए यहाँ पनि रोक्न सकिन्न ।
प्रदेश २ मा गरिबी सबैभन्दा धेरै भएकाले कामको शिलशिलामा भारत ओहोरदोहोर र चेतनाससँगै सतर्कतासमेत नरहेकाले संक्रमण फैलिने क्रम नरोकिएको उनले बताए । प्रदेश २ सरकारले संक्रमण नियन्त्रण तथा रोकथामक लागि गठन गरेको विज्ञ समूहका सदस्य समेत रहेका उनी प्रदेशको स्वास्थय व्यवस्था सुधारतर्फ पहिल्यैदेखि सरकारले कुनै पहल नगर्दा अहिले यस्तो परिस्थिति सिजर्ना भएको उल्लेख गरे ।
‘यहाँ २००७ सालपछि राम्रो विद्यालय, विश्वविद्यालय, अस्पताल बन्न सकेन् । एकै रातमा तारा तोड्न सकिन्न २० वर्षपछि समेत अस्पतालमा दरबन्दी थप भएको छैन् । स्तरउन्नति भएको छैन् । अहिले यो तुरन्त हुनुपर्छ ।
कोरोना परीक्षण सबै जिल्लामा सर्वसुलभ हुनुपर्ने उनको सुझाव छ । ‘सबैठाउँमा मेसिन नभए पनि सबै जिल्लामा स्वाब संकलन गर्ने सहजता हुनुपर्छ । रिपोर्ट २४ घण्टाभित्र आउनुपर्छ । यहाँ जनसंख्याको आधारमा मेसिनको एकदमै न्यून क्षमता छ । प्रदेश सरकारलाई केन्द्रले राम्रो सहयोग नगरेकाले परीक्षणको दायरा बढ्न सकेको छैन्,’ उलने भने
प्रदेशमा भएका अस्पताल, मेडिकल कलेज सबैलाई कोभिड अस्पताल बनाउनुपर्ने बताउँदै डा. साहले कोभिड नियन्त्रण मात्र सरकारले गरेर सम्भव नरहेको बताए ।
समाजिक अगुवा, धार्मिक संगठन, पेसागत संगठन, जातीय संगठनले संजाल बनाएर समाजिक सेवामा आउनुपर्ने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले अवस्था अझै भयावह हुनसक्ने बताउँदासमेत सरकारले यसतर्फ खासै तयारी नगरेको प्रति उनले चिन्ता व्यक्त गरे ।
‘प्रदेश सरकार आफ्नो स्रोत साधन अनुसार रोकथाममा लागेको छ । तर, यसको व्यवस्थापन संघीय सरकाले गर्नुपर्छ । सरकारले यहाँ न जनशक्ति र न उपकरण पठाइ रहेको छ,’ उनले गुनासो पोखे । जनस्तरमा समेत भौतिक दूरी, मास्क, सेनिटाइजरलगायतका साधनको प्रयोग अझै राम्ररी हुन नसकेको उनले बताए ।
खुला सीमा, स्वास्थ्य व्यवस्था र अनुशासनहीनताले प्रदेशमा संक्रमितसँगै संक्रमणबाट मृतकको संख्या बढ्दै गएको स्वास्थ्य विशेषज्ञ तथा सुरक्षा निकायका प्रमुखको विश्लेषण छ । सीमा सशस्त्र प्रहरी बलसँगै नेपाल प्रहरीसमेत खटाइए पनि लुकुछिपी आउजाउ भइरहेकाले संक्रमणको जोखिम बढिरहेको नेपाल प्रहरी प्रदेश २ का प्रमुख डिआइजि धीरजप्रताप सिंहले स्वीकार गरे ।
उनका अनुसार सरकारले भारतबाट आउन सिरहाका माडर, रौतहटको गौर र वीरगञ्ज नाका मात्र खुला गरिएको छ । तर, सीमाक्षेत्रका बासिन्दा मलखाद, खाद्यान्नलगातयका सामग्री खरिदका लागि लुकिछिपी भारततर्फ ओहोरदोहोर गर्ने क्रम अझै जारी छ ।
‘मल किसानलाई आवश्यक छ । एक बोरा मल ठूलो कुरा होइन् । तर मल लिन जानु र भारतबाट संक्रमित भएर आउनु ठूलो कुरो हो,’ डिआइजी संहले भने, ‘प्रहरी रातदिन खटिएकै छ । खुला सिमानाले चुनौती छँदैछ । हामीले भारतबाट लुकिलुकी आउने केहीलाई पक्राउ पनि गरेका छौँ । ओहोरदोहोर रोक्न सीमामा झडपका घटना पनि भएका छन् ।
प्रदेशमा दिनहुँ आन्दोलन, विरोध प्रदर्शन र आन्दोलनमा ठूलो संख्यामा भीडभाड हुने गरेकाले संक्रमण नियन्त्रण थप चुनौती भएको उनको भनाइ छ । कोरोना रिपोर्ट पोजिटिभ आएका करिब ४० जनाले गलत सम्पर्क नम्बर र ठेगाना दिएकाले सम्पर्कमै आउन नसकेको डिआइजी सिंहले बताए ।
उनका अनुसार लकडाउन भएको ७० प्रतिशत व्यक्ति मास्क लगाउन आनाकानी गर्ने गर्थे । तर, प्रहरीको सक्रियता र कारबाहीपछि ३० प्रतिशतले मात्रै मास्क लगाउन आलटाल गरेका छन् । प्रहरीले मास्क नलगाउने १ लाख २० हजार जनालाई कारबाही गरेको उनले बताए ।
लकडाउन खुलेपछि भारतबाट फर्किएकाहरू सोझै समुदायमा गएर मिलेका कारण संक्रमण अझै बढेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्यको ठम्याइ छ । ‘भारतबाट फर्किर कोरोना पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ हुनुपर्थ्यो, त्यो भएन । जसले गर्दा समुदाय जोखिम बढ्यो,’ उनले भने । सीमामा ओहोर दोहोर रोक्न कडा निगरानीसँगै सशस्त्र प्रहरीले माइकिङ, साइकल, मोटरसाइकल पेट्रोलिङ थालेको उनको भनाइ छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१४ भाद्र २०७७, आईतवार
Next Post
रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

वीरगञ्जमा थप ७९ जनामा कोरोना पुष्टि

मोटर साइकल दुर्घटनामा साेनमा गाउँपालिकाकाे उपेन्द्रकाे मृत्यु

मोटर साइकल दुर्घटनामा साेनमा गाउँपालिकाकाे उपेन्द्रकाे मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh