• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोराेना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि


कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एक/एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एक-एक जनाको तथ्यांक जोड्न बाँकी छ ।
काठमाडौं-२१ जैशीदेवल, काठमाडौंकी ५१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ३० साउनमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनी उच्च रक्तचापकी विरामी थिइन् ।
काठमाडौं-३ बसुन्धरा, काठमाडौंका ८३ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । बीपी स्मृति सामुदायिक अस्पतालमा उपचाररत उनलाई शुक्रबार मात्र बलम्बुमा सारिएको थियो ।
भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
शुक्रबार भक्तपुर अस्पतालमा मृत्यु भएका भक्तपुर-३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका मधुमेहका विरामी उनलाई निमोनियासमेत भएको थियो ।
बिहीबार मृत्यु भएका ललितपुर-३२ धापाखेल, ललितपुरका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित उनी ११ गते पाटन अस्पताल भर्ना भएका थिए र मृत्यु भएको भोलिपल्ट संक्रमण पुष्टि भएको हो ।
महालक्ष्मी-१, ललितपुरका ६१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको छ । मधुमेहका विरामी उनी ७ गते अस्पताल भर्ना भएका थिए र ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
भदौया-६ सिराहाका ८४ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या दिएर ६ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो ।
तानसेन-८ पाल्पाकी ३० वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर भर्ना भएका उनलाई संक्रमण भएको ७ भदौमा पुष्टि भएको थियो ।
पोखरा-१४, कास्कीका ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । भदौ ७ गते पेटको अपरेशन गरेका उनलाई १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
वीरगञ्ज-२६, पर्साका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर अस्पतालमा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजबाट रिफर भएर कोरोना विशेष अस्पतालमा आएको केही समयमै उनको मृत्यु भएको हो ।
वीरगञ्ज-१२, पर्साका ३९ वर्षीयको काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । तराई अस्पतालमा उपचाररत उनलाई शुक्रबार वीरगञ्ज हेल्थकेयरमा ल्याइएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि क्रिटिकल केयरका लागि स्वास्थ्यकर्मीसहित काठमाडौं रिफर गरिएको थियो ।
वीरगञ्ज-१२, पर्साकी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । पखाला लाग्नुका साथै श्वास प्रश्वासमा समस्या भएर शुक्रबार दिउँसो अस्पताल भर्ना भएकी उनको रक्तचापसमेत निकै कम थियो ।
गोरखा नगरपालिका-१३, गोरखाका ३८ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा शुक्रबार मृत्यु भएको छ । ६ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।
महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे पाटन अस्पतालमा मृत्यु भएको छ ।
पिपरा गाउँपालिका-७, महोत्तरीका ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रादेशिक अस्पताल, जनकपुरधाममा शुक्रबार मृत्यु भएको थियो ।
भंगहा नगरपालिका-१, महोत्तरीका ३५ वर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार प्रादेशिक अस्पताल भर्ना भएका उनको शनिबार मृत्यु भएको थियो ।
निजगढ, बाराकी ४७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनलाई डायलायसिस गर्न २७ साउनमा अस्पताल ल्याइएको थियो । त्यही क्रममा कोरोना पुष्टि भएपछि उपचार भइरहेको पथियो ।
शनिबार न्यूरो अस्पताल, बिराटनगरमा मृत्यु भएका पथरी शनिश्चरे-२, मोरङका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ भदौमा अस्पताल भर्ना भएका उनको कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरिएको थियो, तर शनिबार विहान मृत्यु भएका उनको दिउँसो पोजेटिभ रिपोर्ट आएको छ ।
गम्हरिया- ३, रौतहटका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा वीरगञ्जमा मृत्यु भएको छ । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि शुक्रबार कोभिड अस्पताल सारिएको थियो ।
विनयी त्रिवेणी–६, नवलपुरका ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शनिबार साँझ मृत्यु भएको छ । निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो र शनिबार मात्रै कोरोना संक्रमण पुस्टि भएको थियो ।अनलाइन खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१४ भाद्र २०७७, आईतवार
Next Post
जनकपुर क्षेत्रमा र क्षिरेश्वरनगरपालिकामा कर्फ्यु जारी

प्रदेश २ को अवस्था अझै भयावह हुने संकेत केन्द्र सरकाले गरेन सहयाेग

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

वीरगञ्जमा थप ७९ जनामा कोरोना पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh