• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने प्रदेश मन्त्रीको चेतावनी


सचिवको सरुवा तत्काल बदर गर्न मन्त्री साहको मांग

सुरेश यादव                                                 जनकपुर । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले संघीय सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
संघीय सरकारले प्रदेश सरकारलाई नियोजित रुपमा अशक्त बनाएर जनताको बीचमा बदनाम गराउने षडयन्त्रमा लागेको आरोप मन्त्री साहको छ । प्रत्येक चार महिनाको अन्तरालमा मन्त्रालयका सचिव फेरेर प्रदेश सरकारलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न संघीय सरकार अवरोधकको भूमिकामा प्रस्तुत भइरहेको गुनासो गर्दै मन्त्री साहले भने, “यो रबैयामा सुधार ल्याउन संघीय सरकारलाई मेरो चेतावनी छ । अहिले पनि नसुध्रिए आन्दोलनमा जानुको विकल्प छैन ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा साढे दुई वर्षमा आधा दर्जन सचिव सरुवा गरेको मन्त्री साहको भनाई छ । एक जना सचिव आउँदा मन्त्रालयको वस्तुस्थिति बुझ्नै चार महिना लाग्छ” मन्त्री साहले भने, “ती सचिवले कुरा बुझेर काममा लाग्नेबित्तिकै सरुवा गरेर अर्को सचिव पठाइदिन्छ । एउटा भयो, अर्को भयो । हुँदा हुँदा साढे दुई वर्ष बितिसक्दासम्म पनि त्यहीँ रबैया दोहोरयाउँदै छ ।
भदौ ९ गते उक्त मन्त्रालयको सचिवको रुपमा सहसचिव सम्झना काफ्लेलाई पठाउने निर्णय भएको छ । यस अघि मन्त्रालयका सचिवको रुपमा रहेका डा.विमल निर्मललाई सरुवा गरेर अन्यत्र पठाइएको छ । छ महिना नपुग्दै एक जना सचिवलाई सरुवा गरी अर्को कायम गर्ने संघीय सरकारको प्रवृति विरुद्ध आक्रोसित मन्त्री साहले भने, “नयाँ सचिवलाई त कुनै हालतमा हाजिर हुन दिनेवाला छैन म । जे हुन्छ हुन्छ ।
साह मन्त्री चयन भएर आउँदा मन्त्रालयका सचिव थिए, विजयचन्द्र झा । चार महिना नपुग्दै उनलाई सरुवा गरी डा. वंशीधर शर्मालाई पठाइयो । शर्मा मन्त्रालयमा हाजिर भएको चार महिनापछि उनको पनि सरुवा गरी फेरी झालाई नै पठाइयो । अर्को कार्यकालको लागि आएका झाले चार महिना त काम गरे । फेरी उनको सरुवा भयो र डा. गोविन्द शर्मा सचिव भएर आए । गोविन्द शर्माले पनि छ महिनासम्म काम गर्न पाएनन् । उनको सरुवा भयो र डा. विमल निर्मल पाँचौ सचिवको रुपमा आए । अहिले उनको पनि सरुवा भएर सम्झना काफ्लेलाई पठाइएको छ ।
मन्त्री साह भन्छन्, “एक पछि अर्को हेर्दै अब म पनि आजित भइसकें । यसरी नै चलिरहयो भने मेरो कार्यकाल पनि अन्त्य हुन्छ तर जनतालाई देखाउन एउटै काम पनि गर्न सक्दिन ।जनताको सपना पुरा गर्ने आफ्नै सपना सकार हुन नदिन संघीय सरकारले बेकुप बनाउने काम गरिरहेको गुनासो गर्दै उनले काफ्लेलाई कुनै हालतमा मन्त्रालयमा हाजिर हुन नदिने अडान लिएका छन् । भन्छन्, “जे हुन्छ, हुन्छ । अब त्यसै सहेर बस्दिन । संघीय सरकार विरुद्ध कडै आन्दोलनमा उत्रिनुको विकल्प देख्दिन ।सभार बारहखरी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१३ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१३ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१३ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१३ भाद्र २०७७, शनिबार
Next Post
नेपालमा थप तीनजनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

कोरोना संक्रमित एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यु

कोराेना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh