महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन्। घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।










































































































