• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव


१२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् ।

बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए ।

अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए ।

किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उनको भनाइ छ ।

‘सरकारले उखु किसानलाई दिनुपर्ने जुन अनुदान हो, त्यो दिनपर्दछ । र समग्र रुपमा हेर्दाखेरी किसान भनेको अन्नदाता हुन् । जसले अन्न उत्पादन गर्छन्, अरुलाई बचाउँछन् । संसारलाई पाल्छन् । तिनकैप्रति राज्यको कुनै नीति नै छैन,’ उनले भने, ‘कुनै निति छैन, कुनै योजना छैन । न किसानहरुको उत्पादनको अधिकारका लागि न कुनै व्यवस्था नै छ । अहिले नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षित गरेको क्षेत्र भनेको किसान हो । किसानमा पनि उखु किसान त झन सबभन्दा बढी अपहेलित भएको छ ।’

किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको उनले बताए । सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उनको जोड थियो ।

‘किसानहरूलाई दिनुपर्नेमा समयमा न उचित मुल्य पाएको छ, न तोकेको रकम पाएको छ । वर्षौंसम्म किसानलाई पेलिराखेको हुन्छ,’ उनले भने । यादवले सरकारले तत्काल गर्नुपर्ने दुईवटा काम अविलम्ब गनुपर्ने उनले बताए ।

एउटा, दिनुपर्ने अनुदान तुरुन्त निकासा गर्ने, उखु किसानलाई उपलब्ध गराउने ।

दोस्रो, किसानले उखु मिलमा पुर्‍याएपछि निश्चित तोकेको १५ दिन, एक महिनाभित्र मिलले त्यसको भुक्तानी गर्नुपर्ने ।

यी दुई काम नगरेर उखु किसानले हर्जना र ब्याज समेत पाउनुपर्ने तर्क यादवको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

१२ भाद्र २०८२, बिहीबार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

१२ भाद्र २०८२, बिहीबार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

१२ भाद्र २०८२, बिहीबार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

१२ भाद्र २०८२, बिहीबार
Next Post

मधेसका पूर्वप्रदेश प्रमुख झालाई थुनामा पठाउने जिल्लाकाे आदेश उच्च अदालतद्वारा सदर

आफ्नै मन्त्री फिर्ता बोलाउन सकेनन् लोसपा र जसपाले, प्रधानमन्त्रीको निर्णयको प्रतीक्षा

लोसपा नेपाल : सरेको सर्‍यै महाधिवशेन, फेरि आयो नयाँ मिति


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh