• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राजस्वको उचित बाँडफाँट र चुरे संरक्षणले मधेश प्रदेश समृद्ध बन्न सक्छ“ – डा. सुरेन्द्र यादव


राजस्वको उचित बाँडफाँट र चुरे संरक्षणले मधेश प्रदेश समृद्ध बन्न सक्छ“ – डा. सुरेन्द्र यादव

गोपाल झा ,महोत्तरी, साउन १४ गते

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले मधेश प्रदेश उत्पादन गर्ने राजस्वको कम्तीमा ५० प्रतिशत हिस्सा फिर्ता पाउन सकेको खण्डमा यो प्रदेश आफैमा समृद्ध बन्न सक्ने बताएका हुन् ।        महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकास्थित रामजानकी टोल विकास समितिको उद्घाटन समारोहमा बोल्दै उनले भने, “मधेश प्रदेशले योगदान गरेको राजस्वको मात्र ५० प्रतिशत हिस्सा फिर्ता पाइयो भने हाम्रो प्रदेश आफैमा आत्मनिर्भर र समृद्ध बन्न सक्छ ।“

पूर्व स्वास्थ्य राज्यमन्त्री यादवले समारोहमा हाल मधेश प्रदेशमा गहिरिँदै गएको जल संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका  हुन् । उनले चुरे क्षेत्रको विनाशले भू–जल स्रोतमा प्रतिकूल प्रभाव पारेको बताउँदै, “यदि अब पनि चुरे विनाश रोकिने उपाय अपनाइएन भने आउँदा दिनमा मधेश प्रदेश जल संकटको भयावह अवस्थामा पुग्न सक्छ । त्यसैले चुरे क्षेत्रको संरक्षण अहिलेको प्रमुख आवश्यकता हो,“ भन्दै सम्पूर्ण सरोकारवालाहरुलाई सजग हुन आह्वान गरेका हुन् ।

स्थानीय सरकारहरूलाई लक्षित गर्दै उनले बजेट विनियोजनमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्  । उनले गुनासो गर्दै भने, “अहिले अधिकांश स्थानीय तहहरू वितरणमुखी र खरिदमुखी बजेट खर्च गरिरहेका छन्, जुन दीर्घकालीन विकासको बाधक हो ।

खानेपानीको समस्या ट्यांकरबाट अस्थायी रूपमा समाधान गर्न खोजिएकोमा असन्तुष्टि जनाउँदै डा. यादवले तत्काल खानेपानीको दीर्घकालीन समाधानका लागि डिप बोरिङ र पानी टंकी निर्माण गरेर हरेक वस्तीमा धारा पुर्‍याउनुपर्ने सुझाव दिएका छन् ।          समारोहमा खेलकुद विभागका सदस्य रोशन सिंह राणाले महोत्तरीको अधिकांश क्षेत्र भारतीय सीमासँग जोडिएको हुँदा सर्वसाधारणले दैनिक उपभोग्य वस्तु ल्याउँदा समेत सुरक्षाकर्मीबाट दुर्व्यवहार भोग्नुपरेको बताए । साथै, उनले खानेपानीको चरम अभाव, कृषकका लागि सिंचाइको अभाव र शिक्षा क्षेत्रको दयनीय अवस्था रहेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै रामजानकी टोल सुधार समितिलाई स्थानीय सरकारलाई खबरदारी गर्न आग्रह गरे ।         कार्यक्रममा मनरा सिस्वा नगरपालिका वडा नं. ५ का अध्यक्ष हदिस अन्सारीले यस वडाका लागि नगरपालिकाले जम्मा ४५ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको स्वीकार गर्दै, उक्त बजेटले आवश्यकताअनुसारको समग्र विकास सम्भव नभएको बताए ।

कमलदेव मण्डलको अध्यक्षतामा नवगठित नौ सदस्यीय रामजानकी टोल सुधार समितिमा राजो देवी उपाध्यक्ष, अवधेश दुब्बे सचिव र रामकिशोर साह सहसचिव चयन भएका छन् ।       उक्त उद्घाटन समारोहमा पूर्व वडाध्यक्षका प्रत्यासी रुपनारायण भगत, संजीव सिंह, सञ्चारकर्मी तथा विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम संयोजनमा रामजानकी टोल सुधार समितिका नव निर्वाचित सदस्यहरूको सक्रिय भूमिका रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१५ श्रावण २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१५ श्रावण २०८२, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१५ श्रावण २०८२, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१५ श्रावण २०८२, बुधबार
Next Post
प्रेस मञ्च नेपाल मधेस प्रदेशको दोश्रो अधिवेशन भदौ १७ गते हुने

प्रेस मञ्च नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन भदौ १७ गते हुने

सरकारको भ्रष्ट र विभेदकारी चरित्रले जनविद्रोहको जोखिम बढेको छः जसपा अध्यक्ष उपेन्द्र यादव“

सरकारको भ्रष्ट र विभेदकारी चरित्रले जनविद्रोहको जोखिम बढेको छः जसपा अध्यक्ष उपेन्द्र यादव“


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh