
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार अब पार्टीको समर्थन नरहने बताएका छन् ।
मंगलबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको बताए । उनले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए ।
सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान, संघीयता र जनतासँग गद्दारी हुने उनको भनाइ छ ।
अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए । सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए । उनले वर्तमान सत्ता गठबन्धन पूर्ण रूपमा असफल भइसकेको उल्लेख गरे ।
उनले संविधान संशोधन गर्ने सरकारको कुनै चाहना भएको र सरकार बनाउनका लागि राजनीतिक स्टन्डमात्रै गरेको टिप्पणी गरे ।