गोपाल झा
महोत्तरी, असार ६ गते
‘स्वस्थ, सचेत र सुरक्षित समाजको प्रतिबद्धताः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा एक विशेष अन्तरक्रिया कार्यक्रम तथा सप्ताहव्यापी अभियानको शुभारम्भ गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रम अनुसार असार ७ गते जिल्लामा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रहरुमा जिल्ला प्रहरी कार्यालयबाट अनुशिक्षण, असार ८ गते स्थानिय तहसंग समन्वय गरी स्कुल तथा कलेजमा जिल्ला प्रसासन कार्यालयबाट लागुऔषध विरुद्ध सचैतना कक्षा सचांलन र आषैधी व्यवसायीहरुलाई स्वास्थ्य कार्यालय महोत्तरीको नेतृत्वमा लागुऔषध विरुद्ध सचेतनात्मक कायक्रम संचालन गरिने छ ।
त्यस्तै असार ९ गते जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लामा संचालनमा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रहरुको विवरण,उपचार गराईरहेका दुर्ब्सनीकहरुको संख्या,उपचार पछि घर फर्केको संख्या,सेवाशुल्क आदि विवरण औषधी नियन्त्रण अधिकारी माफर्त सावर्जनिक, असार १० गते शिक्षा विकास तथा समन्वय इकाईको संयोजनमा जिल्लास्तरमा लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माण् का लागि यवुा र समाजको भुमिका विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजन गरिनेछ ।
यता असार ११ गतेशिक्षा विकास तथा समन्वय इकाईकै संयोजनमा माध्यमिक विद्यालय तथा कलेज स्तरका शैक्षिक संस्थाहरुमा विद्यालय तथा कलेज व्यवस्थापक र शिक्षकहरुलाई लागु औषध विरुद्ध अनुशिक्षण प्रदान गरिने कार्यक्रम रहको छ । त्यसतै सोही दिन जिल्ला प्रहरी कार्यालय महोत्तरी र मातहतका युनिटहरुमाफर्त सामदुायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ,टोल तहसम्म लागुऔषध दरुुपयोगका लक्षण र अभिभावकको दायित्व सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरीने निर्धारीत गरीएका छ । यता अषार १२ गतेजिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रभातफेरी र सप्ताहव्यापी कायर्कम्रको समापन हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रशासनले सोहीदिन कक्षा ९ देखी १२ सम्मका पढाई हुने सवै विद्यालयहरुमा लागुऔषध विरुद्ध नारा लेखिएको स्टिकर समेत टास गर्नेछ ।
कार्यक्रमको प्रारम्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले सप्ताहभरी नै खुला सिमा नाका तथा यातायातका साधनहरुमा सप्ताहरुपी लागुऔषध ओसार पसारको कडा रुपमा चके जाँच गर्ने बताएका छन । प्रमुख जिल्ला अधिकारी रिसालले लागू औषध दुरुपयोग सामाजिक र स्वास्थ्यसम्बन्धी चुनौती मात्र नभई कानूनी, नैतिक तथा पारिवारिक संकटको जड भएको बताउँदै यस विरुद्ध एकीकृत र समन्वित प्रयास आवश्यक रहेको बताए। उनले यस्तो किसिमको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हरेम्व शर्माले लागुऔषध सम्बन्धी तथ्याकं प्रस्तुत गर्दै महोत्तरीमा चालुआर्थीक बर्षमा लागुऔषध सम्बन्धी ५० थान दर्ता भई ६८ जना पक्राउ परेको बताएन् । उनले पछिल्लो तिन आर्थीक वर्षको तुलनामा चालु आर्थीक बर्षमा गाँजा अत्यधिक समातिएको बताए । कार्यक्रममा उपस्थित राजनितिक दल,संचारकर्मी र विभिन्न सरोकारवाला निकायहरुले आफ्नो राय प्रस्तुत गर्दै लागुऔषध नियन्त्रणकोलागि अभिभावकको सचेत गराउनुपर्ने,प्रहरीलाई थप सकृय हनुपर्ने र विद्यालय शिक्षामा विशेष जोड दिनु पर्ने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण,जलेश्वर नगरपालिकाका नगरप्रमुख शुरस साह सोनार पिपरा गाउपालिकाका अध्यक्ष रामजानकी यादव जसपाका जिल्ला अध्यक्ष रामनरेश राय सहित विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अन्तरक्रिया गरिँदै, लागू औषधसँग सम्बन्धित समस्या, चुनौती र समाधानका उपायहरूबारे गम्भीर छलफल गरिएको थियो । यस किसिमको प्रयासले जिल्लामा लागू औषधविरुद्ध जनमत निर्माण गर्ने, समुदायस्तरमा सजगता बढाउने तथा सरोकारवाला निकायहरूको सहकार्यमा दीर्घकालीन समाधान खोज्न मद्दत पुग्ने विश्वास गरिएको छ ।