• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न


जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

गोपाल झा
महोत्तरी, जेठ २९
जिल्ला हुलाक कार्यालय महोत्तरी, जलेश्वरको आयोजनामा – नागरिकसँग हुलाक सेवा – विषयक अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम आज एक विशेष समारोहका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रतितिधी , पत्रकार, स्थानीय नागरिक, नागरिक समाजका प्रतिनिधि तथा हुलाक सेवासँग सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो ।
       कार्यक्रमको अध्यक्षता जिल्ला हुलाक कार्यालयका प्रमुख रामचन्द्र शाहले गर्नुभएको थियो भने प्रमुख अतिथि रहेको एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले हुलाक सेवा सबै नागरिकको आवश्यकता भएकाले यसलाई निरन्तरता दिँदै अझ प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गाउँ–गाउँमा अझ सहज र पहुँचयुक्त हुलाक सेवा पुर्‍याउनेतर्फ स्थानीय तह समेत गम्भीर हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
        कार्यक्रममा सहभागी विभिन्न हुलाक कार्यालयका कर्मचारी, पत्रवितरक, पत्रकार तथा अन्य प्रतिनिधिहरूले परम्परागत हुलाक सेवा प्रणालीलाई कसरी आधुनिक प्रविधिसँग समायोजन गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरेका थिए । साथै हुलाक वस्तुहरू नागरिकसम्म समयमै, सुरक्षित र प्रभावकारी ढंगले कसरी पुर्‍याउने भन्ने विषयमा पनि सुझाव तथा सिफारिसहरू प्रस्तुत गरियो ।
अन्तरक्रियामा “घर–घरमा हुलाक सेवा“ को अवधारणालाई व्यवहारमा उतार्न रणनीति र योजनाका विषयमा समेत छलफल भयो । सहभागीहरूले नागरिकको विश्वास अभिवृद्धि गर्ने उपायहरू, सेवामा पारदर्शिता र जवाफदेहिता बढाउने विषयमा पनि विचार आदानप्रदान गरे ।
कार्यक्रम अन्तर्गत नगर परिक्रमा गर्दै प्रचार–प्रसार अभियान सञ्चालन गरिएको थियो जसको माध्यमबाट नागरिकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै हुलाक सेवाको महत्त्व र पहुँचबारे जानकारी दिइयो ।
       कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक राकेश प्रसाद चौधरीले जलेश्वरमा स्थापित झण्डै १४७ वर्ष पुरानो हुलाक कार्यालयको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै, हुलाक सेवाले समयको सन्दर्भमा कस्तो भूमिका निर्वाह गर्दै आएको छ भन्ने विषयमा प्रकाश पार्नुभयो ।
त्यस्तै, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका उपाध्यक्ष अरविन्द झा , बरीष्ट पत्रकार दशरथ भण्डारी, नेपाली काँग्रेसका अशोक साहलगायत अन्य वक्ताहरूले हुलाक सेवाको स्तरोन्नति, डिजिटल प्रविधिको प्रयोग, ग्रामीण क्षेत्रमा सेवा विस्तार र सेवा बहालकर्ताको क्षमता अभिवृद्धि जस्ता विषयमा महत्वपूर्ण सुझावहरू दिएका थिए ।
कार्यक्रमले समग्रमा हुलाक सेवालाई जनतासम्म प्रभावकारी रूपमा पु–याउन आवश्यक नीति, संरचना र समन्वयबारे स्पष्ट दृष्टिकोण बनाउने अवसर प्रदान गरेको सहभागीहरूको धारणा थियो । उनीहरूले यस्तो किसिमको कार्यक्रम समय–समयमा आयोजना हुनुपर्नेमा जोड दिएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

३० जेष्ठ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

३० जेष्ठ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

३० जेष्ठ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

३० जेष्ठ २०८२, बिहीबार
Next Post
जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

विश्व रक्तदाता दिवसको अवसरमा जानकी एकेडेमीद्वारा रक्तदान कार्यक्रम सम्पन्न ८३ जना रक्तदाताले गरे रक्तदान

विश्व रक्तदाता दिवसको अवसरमा जानकी एकेडेमीद्वारा रक्तदान कार्यक्रम सम्पन्न ८३ जना रक्तदाताले गरे रक्तदान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh