
जनकपुरधाम, जेठ ७ । मुम्बई इन्डियन्सले आइपीएल २०२५ को प्लेअफमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ। मुम्वई प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। गुजरात, बेंगलुरु र पञ्जाब पहिले नै प्लेअफमा पुगिसकेका छन्।
वानखेडे रंगशालामा १८१ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली १८.२ ओभरमा १२१ रनमा अलआउट भयो। समीर रिजवीले सर्वाधिक ३९ रन बनाए। जसप्रित बुमराह र मिचेल सान्टनरले ३(३ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। सूर्यकुमार यादवले ७३ रन बनाए । उनले नमन धीरसँग मिलेर अन्तिम १२ बलमा ४८ रन जोडे। नमनले ८ बलमा २४ रन बनाएर अविजित रहे। दिल्लीका मुकेश कुमारले २ विकेट लिए।