
विराटनगर, ५ जेठ । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ ।
मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको हो । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
बा५च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । अर्को सवारीमा कोशी प्रदेशका चार सांसद सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।
दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन ।